परिमार्जित गजल
---------------------------
धेरै भयो तिम्रो पाउ छुन पा'को छैन आमा ।
दु:ख पर्दा मन खोली रुन पा'को छैन आमा ।
भोको पेट लामो रात, निदरिले छोडिन् साथ,
जिन्दगी यो अलिनो भो, नून पा'को छैन आमा ।
मर्दा रुने पर्दा जुट्ने, आफ्ना मेरा छुटे गाउँमै,
यो शहरमा आफ्नो कुनै, खून पा'को छैन आमा ।
भन्थ्यौ तिमी बैगुनिलाई, गुनले नै मार्नु पर्छ,
बदलामा गुनको यहाँ, गुन पा'को छैन आमा ।
छल्किएका नयनहरु, रित्त्याइदिन्थे सक्ने भएँ,
आँशुले यी पीडा मेरा, धुन पा'को छैन आमा ।
----------------------------------
धेरै भयो तिम्रो पाउ छुन पा'को छैन आमा !!
दु:ख पर्दा मन खोली रुन पा'को छैन आमा !!
खाने पिउने ठेगान् छैन, सुत्ने झनै भर हुन्न,
आँशु मिच्छु खानासित,नुन पा'को छैन आमा !!
मर्दा पर्दा साथ दिने आफ्ना मेरा त्यही नै छन,
आफ्नो भन्ने यहाँ कुनै,खुन पा'को छैन आमा!!
भन्थ्यौ तिमी बैगुनीलाई गुनले नै मार्नु पर्छ,
बदलामा गुनको यहाँ,गुन पा'को छैन आमा!!
फुल फुल्छ बगैचामा, आँशु घुल्छ वेदनामा,
आँशुले नै पीडा सबै, धुन पा'को छैन आमा!!
दु:ख पर्दा मन खोली रुन पा'को छैन आमा !!
No comments:
Post a Comment