Sunday, December 5, 2010

मेरो फेसबूक यात्रा

जब मान्छे मान्छेकै भीडमा एक्लो महशुश गर्छ, जब मान्छे आफ्ना भावहरु बाँड्ने कुनै बिश्वाशिलो साथी आफु वरिपरी भेट्दैन, जब मनमा रुमल्लिएका भावहरु निहुँ खोज्न शुरु गर्छन् आँफैसित, यी र यस्ता कयन कारणले मान्छे सामाजिक संजालहरु प्रवेश गर्छ, आफ्ना भावनाहरु साट्न, आफ्नो एक्लोपना मेट्न, मन मिल्ने दौतरींको खोजमा । यिनै सामाजिक संजाल मध्यको बेहद लोकप्रिय एक हो 'फेसबूक' र तिनै मान्छेमध्यको एक हुँ म । 

बिदेशिदाका शुरुवाती दिनहरु, नयाँ ठाउँ, नयाँ अनुहार, नयाँ परीवेश र नितान्त एक्लो म । साथीहरुको साथको आश, सामाजिक प्राणीको हैशियत, नयाँ नयाँ भएर होला, कामको पनि कम चाप । यिनै कारणले मलाई फेसबूकमा प्रवेश गरायो । हेर्दा हेर्दै फेसबूकमा दुई बर्ष पार गर्न लागिएछ  ।  DECEMBER 7 2008 , म फेसबूक प्रवेश गरेको मिती, फेसबूक प्रवेशसाथै खोजी शुरु भयो संपर्कविहिन साथीहरुको, ADD गर्दै हिडियो केही नयाँ, केही पुराना साथीहरुलाई । बिस्तारै मित्रता सुचि फराकिलो हुँदै गयो, फेसबूक रमाइलो हुँदै गयो ।

मेरो फेसबूक रमाइलो प्रतिकृया दोहोरिमा मात्र सिमित रहेन, पहिलेदेखी नै साहित्यतिर  झुकाव थियो र कोर्थे केही रचनाहरु । तर ती रचनाहरु केही संयुक्त कविता संग्रह "अन्जुलिमा अभियन्ता" मा सिमित थिएँ, केही साहित्यिक समारोहहरुमा वाचन भए र केही फाट्ट फुट्ट पत्रीकाहरुमा । "परदेशी जीवन, साहित्यप्रतिको झुकाव, युनिकोडको सहजता, अरु मित्रहरुसम्म पुर्‍याउने माध्यम फेसबूक", मेरो लेखन यात्राका सहयोगीहरु । गजलको बारेमा धेरै थाहा थिएन र पनि गजल बिधा नै मेरो चयनमा पर्‍यो । सामाजिक संजाल न पर्‍यो, बिस्तारै साहित्यका पारखी मित्रहरु पनि समाहित भए मित्रता सुचिमा । यसले गर्दा मैले धेरै सिक्ने अवसर पनि पाएँ र आफ्नो लेखनलाई सुधार्दै गएँ । मेरो लेखनी सुधारमा "दीपक कथित" सरको नाम छुटाउन सक्दिन म र अन्य धेरै अग्रजहरु र मित्रहरु हुनुहुन्छ जस्को प्रोत्साहन, सुझावहरुबाट आज यतीसम्मको लेख्ने भएको छु । शायद त्यही सुधारको परीणाम हो, केही गीत र गजलमा लय पनि भरियो । मेरो लेखनले नेपाली साहित्यमा एउटा पनि ईँटा थप्न सक्यो या सकेन त्यो मलाई थाहा छैन, तर धेरै मित्रहरु र तिनको माया कमाउने मौका चै मैले पाएँ र यसैमा गौरवान्दित छु । 

यी त भए साहित्यका कुरा । फेसबूकका अरु धेरै गुणहरु छन् म माथी । पुराना साथीहरु जो उहिल्यै हराएका थिए, आज मेरो मित्रता सुचिमा छन् र तिनिहरुको UPDATE हरु म सम्म पुर्‍याउँछ फेसबूकले । केही नयाँ साथीहरु(जस मध्य केही सित अझै पनि प्रत्यक्ष भेट भएको छैन) छन्, जो सित बर्शौ पुरानो जस्तो गाढा नाता बसेको छ । अन्लाईन यात्राका हामी यात्री साथै रमाउँछौ, ठट्टा गर्छौ, कहिले कहीं झगडा गर्छौ, फेरी मिल्छौ । शायद चोखो मित्रता भनेको नै यही हो, हैन र ?  UAE मै अहिले मेरा केही साथीहरु छन् जो सित मेरो भेट फेसबूकबाटै भएको हो भन्दा जो सुकैलाई पत्याउन गार्‍हो पर्छ । हरेक चाँडबाँड आउँदा कहाँ जाने होला के गर्ने होला भनेर घर सम्झिदै टाउको समाउनु पर्दैन । यो वीकेन्ड बेकार जाने भयो भनेर पनि चिन्ता हुँदैन । कारण हामी १२-१४ जनाको एउटा परिवार छ, जसलाई एकिकरण गर्नमा फेसबूकको ठुलो हात छ । 

फेसबूकले मलाई फाईदा मात्रै गरेको छ पनि भन्दिन म । जती समय मैले फेसबूकमा खर्चिन्छु, त्यती समय अरु कामको लागि खर्चेको भए नि हुन्थ्यो भन्ने लाग्छ कहिले कही । कहिले कही अफिसको काममै ढिलाई हुन्छ । कामको प्रेसर भएको बेलामा पनि फेसबूकमा आउन मन लाग्ने ADDICT पनि बनाएको छ यस्ले मलाई । यही कारणले गर्दा दुई चोटिसम्म आफ्नो ACCOUNT DEACTIVATE पनि गरें, तर मनले शान्ती पाएन , पावोस् पनि कसरी, जब मन मिल्ने साथीहरु नै यही थिए । फिर्ता आउन बाध्य भएँ यही संजालमा, विगतका कमजोरीहरुलाई सुधार्दै । 

अन्त्यमा, मेरो फेसबूक यात्राका सहयात्री मित्रहरुप्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु, मेरो फेसबूक यात्रालाई रमाइलो र अर्थपूर्ण बनाइदिनु भएकोमा र अनुरोध छ यो यात्रा अझै अर्थपूर्ण र रमाइलो होस् । 


((Note: यो यात्राका प्रत्यक्ष भेटका केही तस्विरहरु राखेको छु ।))  



फेसबूकबाट शुरु भएको हो हाम्रो मित्रता, जुन गाढा हुँदै गयो समयसितै  :)क्रिशोल पौडेल र म ।


मुसन्धम DHOW CRUISE । फेसबूकमा यो EVENT देखेर यस्को आयोजक यलम्बर ह्याङलाई CONTACT गरेर हामी यो EVENT मा सहभागी भएका थियौ । 

मुसन्धम DHOW CRUISE । फेसबूकमा यो EVENT देखेर यस्को आयोजक यलम्बर ह्याङलाई CONTACT गरेर हामी यो EVENT मा सहभागी भएका थियौ । 


देउसी भैलोमा अनुज जी, भिम जी र समुन्द्र जी सितको पहिलो भेट । यो मित्रता झनै गाढा भएको छ ।

 XMAS को यो यादगार भेट ।













खिला जी, सुमन जी(दले दाई), बिनोद जी र मेघराज जी सितको भेट ।

 हाम्रो परिवार फुजेरामा  , जसमध्य केही सदस्यहरु अहिले UAE मा हुनुहुन्न ।  यो शुरुवात मात्र थियो, अरु निम्न फोटोहरुमा देख्न सक्नुहुन्छ ।
मैले UAE मा भाग लिएको पहिलो साहित्यिक कार्यक्रम, डा. ध्रुबचन्द्र गौतम  र रमण घिमिरेको उपस्थितिमा । 
मुसन्धम DHOW CRUISE दोश्रो । यतीबेलाका आयोजक हामी आँफै थियौ ।  
मुसन्धम DHOW CRUISE दोश्रो । यतीबेलाका आयोजक हामी आँफै थियौ । 

जुमेराह बिचमा  

रास अल खैमामा जितेन्द्र भाईसितको पहिलो भेट
माघे संक्रान्ती 
रक्षा बन्धन
 अल ऐन भ्रमण
 तीज 
 फेसबूक परिचित साथीहरुसितको भेट नेपालमा
 फेसबूक परिचित साथीहरुसितको भेट नेपालमा
पुरानो चिनजान तर फेसबूकबाट नजिकिएका साथीहरु सितको भेट नेपालमा 
रमेश पौडेल दाई र "के भयो र एउटा साथ" का संगीतकार केशव पौडेलसितको भेट नेपालमा 
 तिहार 
 तिहार 
 Volunteering in "MSF Swim Around Burj Al Arab"
 Volunteering in "MSF Swim Around Burj Al Arab"
INLS UAE च्याप्टर अध्यक्ष कवी समदर्शी काइँला सितको पहिलो प्रत्यक्ष भेट साहित्यिक गोस्ठिमा ।
मैले भाग लिएको दोश्रो साहित्यिक कार्यक्रममा सर्जक मित्रहरु सित ।

7 comments:

Rabindra said...

गजब छ जितेन्द्र तिम्रो फेसबुक यात्रा .... हाम्रो निकटता पनि यहिँ बाट सुरु भएकै त हो .... समुन्द्र जी, जीवन जी, भिम जी र अन्य सँगको मेरो मित्रता पनि तिम्रै फेसबुक यात्राको अर्को पाटो हो । "अञ्जुलीमा अभियन्ता" निकाल्दा को झझल्को यहाँ आएर अझ प्रगाढ बनेको छ। जय फेसबुक । अनि जय फेसबुकका मित्रहरुको ....

Jitendra Malla said...

धन्यवाद रबिन्द्र ब्रो । :)

IndigoBunting said...

यहाँको आजको लेख "मेरो फेसबूक यात्रा" सुरु देखि अन्त्य सम्म पढे, धेरै खुशी लाग्यो। शायद हामीले आयोजना गर्ने कार्यक्रमहरु र नियमित भेटघाटले गर्दा होला, हाम्रो मित्रता अझै प्रगाढ हुँदै गएको छ, तेसैले त गर्ब गर्न मन लाग्छ, हामी बिदेशमा रहेर पनि नेपालीपन पाएका छौ, आत्मियता पाएका छौ। यसरी नै आगामी दिनहरुमा अझै सहयोगी भावना बोकी उन्नतिपथमा लम्कन सकौँ, एक अर्काको दु:ख सुखमा साथ दिन सकौँ, यही नै मेरो भगवान पशुपतीनाथसग प्रार्थना छ!!!
यसरी बिगत एक बर्ष देखी यहाँको मित्र हुन पाउदा आँफैलाई भाग्यमानी ठान्छु साथै हाम्रो परिवार एकिकरण गर्ने स्रेय पनि यहाँलाई जान्छ, यहाँ प्रती हार्दिक आभारी छु!!!
मित्रताको हात सदा सदाको लागी !!!

Jitendra Malla said...

धेरै धेरै धन्यवाद समुन्द्र गुरु

Yumesh Pulami said...

जितेन्द्र जी ! यो यात्रा ,भेटघाट हेर्दा अनि तपाईका कुरा -पढ्दा निकै रमाइलो लाग्यो -अझ पोस्टमा उल्लेखित गर्नु भएको तस्विरहरुले मलाई पनि कुतकुती लागायो ! धन्यबाद यो खुसि बाड्नु भएकोमा !

Jitendra Malla said...

धेरै धेरै धन्यवाद बेद जी

ÁLVARO BÓMEZ CASTRO said...

Greetings from Santa Marta, Colombia. I found your blog spectacular. I have a blog journal on philosophy, literature, film and photography. I am interested in learning about the new literature of that country as it is very difficult to find references by here. If you can help me, I'd like to write. The blog address is: http://alvarogomezcastro.over-blog.es
I appreciate your attention and interest. Thank you very much
I appreciate your attention and interest. Thank you very much