Sunday, June 21, 2009

गजल -- मैले सोचेको मेरो देश !!

मैले सोचेको मेरो देशमा हत्या हिंसा हुन्न साथी
मैले खोजेको मेरो देशमा कोही आमा रुन्न साथी

कोइलिको मिठो गीत गुन्जिन्छ बनैभरी मनैभरी
मैले रोजेको मेरो देशमा अशान्ती ले छुन्न साथी

गिद्दे नजर राख्ने हरु होसियार भई बस्नु तिमी
मैले सोचेको मेरो देशमा पाउन्न जालो बुन्न साथी

एकताको उदाहरण बनी यो चिनिने छ दुनियाँमा
मैले खोजेको मेरो देशमा कुनै फाटो हुन्न साथी

हिमाल पहाड तराई मेरो क्षेत्रियताको बिभेद हुन्न
मैले सोचेको 'नेपाल'को थाले स्वप्न उन्न साथी

No comments: