Sunday, June 21, 2009

गजल --- परदेशीको ब्यथा

मन त छैन बिदेशमा, खुन पसिना बगाउने !

आफ्नो घर उजाड राखी, पराइ महल सजाउने !



आफन्त म खोजुँ कहाँ, पराईहरु माझबाट,
भेटिएन कोही पनि, मनको मीत लगाउने !



धेरै भयो स्वदेशबाट, खबर केही आ'को छैन,
सुनाउ साथी केही शब्द, देशको माया जगाउने !



बाध्यताले आफ्नो माटो, छोडी आएँ पराइ मुलुक,
दिन गन्दै बसेको छु, आफ्नै ठाउँ फर्काउने !


No comments: