Sunday, March 27, 2011

सर्जक मित्रहरु सावधान, कतै तपाईंको रचना चोरि भएको त छैन ?

अस्ती भर्खर फेसबूकमा करुण थापा दाइको स्टेटस देखें, "उहाँले अबदेखी फेसबूकमा रचनाहरु केही समयको लागि मात्र SHARE गर्नुहुने र पुराना सबै नोटहरु ब्लक गर्नुहुने भनेर" ! मित्रहरु   रबिन्द्र रिजाल दिनेशराज ज्ञवालीको साथै अनेक फेसबूक परिचित मित्रहरुको पीडा पनि उही थियो ।  हुन त मैले पनि पहिले नै चेतावनी पाएको हुँ , "रचनाहरु चोरि हुन सक्छन्, होसियार!" भनेर तर त्यतीबेला खासै ध्यान दिईएन । आज भने एउटा कौतुहलताले छोयो, मलाई पनि मेरा कतिवटा रचनाहरु चोरिएका रहेछन् भन्ने जान्न मन लाग्यो र GOOGLE दाईलाई सत्य तथ्य पत्ता लाउन आग्रह गरें ।

यसको लागि आफ्ना केही गजलहरुको एक मिसरा COPY गरेर GOOGLE मा SEARCH गरें ।
परिणामहरु यसप्रकार छन्:

१) समकालिन साहित्यका साथै मेरो आफ्नै ब्लगमा प्रकाशित  यो गजल, तिम्रो कसम  मिलन(प्रतिक्षा) थिङले दुई वटा ठाउँमा आफ्नो नाममा पोस्ट गरेको रहेछ ।
मेरो गजल हेर्न यहाँ क्लिक गर्नुहोला !

यही गजल समकालिन साहित्यमा हेर्न यहाँ क्लिक गर्नुहोला

तल देखाइएका फोटोहरु हेर्न निम्न लिन्कहरु पहिल्याउनुहोला !!

http://tamangchautari.ning.com/profiles/blogs/3244566:BlogPost:196494

http://gurungbhetghat.ning.com/profiles/blogs/5111225:BlogPost:8001




२)"के भयो र एउटा साथ" गजल जसमा केशव पौडेल दाइले संगीत पनि भर्नु भएको छ, YOUTUBE को भिडियो हेर्न
यहाँ क्लिक गर्नुहोला !

 A. नेपाली गजल डट कममा राममणि कोइरालाको(gjung koirala ) को नाममा प्रकाशित भएको रहेछ ।
http://nepaligazal.com/archive/all/2011/1/17


 B. अर्को ब्लगमा बिना श्रोत खुलाएर पोस्ट गरिएको छ !!! ब्लगर चै दुर्गा तामाङ हुनुपर्छ ।
http://talshachar.blogspot.com/2011/02/blog-post_4936.html



 C. बिजयकुश्मा ब्लगस्पटमा गोकर्ण पुडासैनिको नाममा यही गजल !
http://bijayakushma.blogspot.com/2011/01/blog-post.html

D. प्रिया थापाको नाममा यही गजल निम्न लिन्कमा
http://jokesdatabase.blogspot.com.au/2011/08/blog-post_335.html

E. मित्र  सबिन सिंह ,  दिनेश राज ज्ञवाली आदी लगायतको आग्रहमा यो ब्लगमा श्रोत खुलाईेयो । कमेन्टहरुबाट त्यो कुरा थाहा पाउन सक्नुहुनेछ ।
http://nepalipoem.blogspot.com.au/2011/05/blog-post_1975.html

F. उत्तम भन्ने महानुभावले यो गजल निम्न लिन्कमा पोस्ट गरेका रहेछन्
http://meropost.com/view/isphoto:0/post:4330506

G.पुनम भट्टको नाममा निम्न लिन्कमा यो गजल प्रकाशित रहेछ । स्मरण रहोस्, मेरा अरु गजलहरु पनि यही ब्लगमा रहेको कुरा तल उल्लेखित गरेको छु !
http://punambhatta.blogspot.com.au/p/ghazal-mania.html


३) मेरो अर्को गजल त्यो रात  जुन मेरै ब्लगमा र नेपाली गजल डट कम यहाँ क्लिक गर्नुहोला  मा पनि प्रकाशित छ,   कुवेत नेपाल डट कम मा आचार्य प्रभा को नाममा प्रकाशित रहेछ ।   यहाँ हेर्नुस् त !!

Note: फेसबूकमा, ब्लगमा र त्यही साईटमा प्रतिकृयाहरु दिएपछी सम्पादक मण्डलले प्राविधिक गडबडी भनेर माफि सहित सर्जकको नाम परिवर्तन गर्‍यो । यसले "आचार्य प्रभा" ज्यु र म मात्र हैन कि सम्पूर्ण पाठक जगतलाई दिग्भ्रमित बनायो । यदी असली सर्जकको अनुमती लिएर प्रकाशीत गरेको भए केही हुँदैन थियो होला । जस्को नाम(प्रभा आचार्य) लिएर त्यहाँ प्रकाशन गरिएको थियो, उहाँ नै त्यो बारेमा अनविज्ञ हुनुहुन्थ्यो । यसले गर्दा च्याउँ झै उम्रिएका नेपाली साईटहरुप्रतीको विश्वाशमा कमी ल्याएको छ ।

यही गजललाई निम्न ब्लगमा श्रोत नखुलाएर पोस्ट गरिएको छ ।
http://khajumprem.blogspot.com.au/2011/03/blog-post_6415.html

४) मेरा गजल आतुर छन् यी कानहरु   बर्सी दे न झरी , छुट्टीनु नै, छ भने नि र देउता खोज्न यता उती, भौतारिदै डुली हिंडें  लाई पुनम भट्ट को नाममा रहेको यो ब्लगमा श्रोत नखुलाएर पोस्ट गरिएको रहेछ । त्यहाँ अरु धेरै गजलहरु पनि राखिएका छन्, एकपल्ट हेर्नुस् है, तपाईंको गजल पनि पर्न सक्छ ।
http://punambhatta.blogspot.com.au/p/ghazal-mania.html


५) मेरो अर्को गजल  बर्सी दे न झरी लाई निम्न ब्लगहरुमा राखिएको रहेछ श्रोत नखुलाएर
http://raahar.blogspot.com.au/2011/09/blog-post_09.html

http://punambhatta.blogspot.com.au/p/ghazal.html



यी केही उदाहरणहरु मात्र हुन् भन्ने लागेको छ । कयन् सर्जकका रचनाहरु चोरिएका छन् र आफ्नो नाममा प्रकाशित गरिएका छन् । यसले गर्दा सर्जकहरुलाई आफ्नो रचना SHARE गर्न हिच्किचाहट मात्र नभएर लेखनदेखी नै बित्रिश्णा लाग्न सक्छ । आफ्नो आफ्नो ठाउँबाट सबैले यस्ता रचना चोरहरुलाई निरुत्साहित पार्नको लागि यसैगरी भण्डाफोर गर्न जरुरी छ ।

7 comments:

Unknown said...

Mero Pani Eutale chorera Taasecha bajiyaa le . Choros jamma tyahi euta ta thiyo :

Anonymous said...

Khattamai Parechha Ni Jitendraji.

Nepenthes said...

Jitendra dai, yesto news the Kantipur lai mail garda ramro huncha hola, aja Republica lai pani inform garnus na ani ta afai thik hunchan chorharu aja AVnews lai diyo bhane ta jhanai happy hunchan ani jasle pani garchan yesto choriko kaam..tiniharu aafailai laaj lagcha.

rachana haru ramro lagyo...lekhna nachodnu hola.

-samundra
http://www.samundra.com.np

Basanta said...

मैले पनि बेलाबखत भोगेको छु यस्तो। फेसबुकबाट मात्र होईन, जुनसुकै साईटबाट चोरी हुन्छन् रचनाहरु।
ढुकेर बस्ने क्षमताहीन नकचरा चोरहरु धेरै हुन्छन्। सबैभन्दा ठूलो उपाय आफैं होशियार हुनु र रचनालाई छोटो समयका लागि मात्र सबैको पहुँचमा राख्नु हो।

एकल यात्री said...

मेरो त एउटा सिर्जना हैन, लगभग सिंगै ब्लग नै चोरी भएछ । हेर्नुहोस्ः http://bikash-thegorkha.blogsp... अरू चोरहरू खोज्दैछु । हामीजस्ता ब्लगसाहित्य गर्नेले के अब ब्लगिङ गर्नै नपाउने ? यस्ता चोरहरूलाई कस्ले कारबाही गर्ने ?

Anonymous said...

Garnu Gare Chhan ni ta ... Aaba bata Aware hunu parne bho...

Nirmala said...

मैले पनि यो पीडा भोगेको छु। धेरै ठाउँमा मेरो गजल अरुको नामा पोष्ट गरेको पाएँ।