Showing posts with label टुक्रा टाक्री. Show all posts
Showing posts with label टुक्रा टाक्री. Show all posts

Monday, February 20, 2012

केही टुक्रा टाक्री - ४

1.

जीवन मृत्‍यु क्रम न हो, सबैलाई हुन्छ ।
ज्युँनु पनि श्रम न हो, सबैलाई हुन्छ ।

मै हुँ जान्ने मै छु राम्रो, सोच्थे म पनि,
आखिर एउटा भ्रम न हो, सबैलाई हुन्छ ।

2.
लेख्न त लेख्थें यार, मूड भए पो लेख्नु ।
गर्जिने ती शेरको, गुट भए पो लेख्नु ।

चिल्लोमा रम्ने धेरै, खस्रोमा आँखा तर्छन्,
जे देख्छु त्यही लेख्ने, छुट भए पो लेख्नु ।

 आजकल बिरालो नि, झुक्किन्छ रे बिचरा,
पानी पानी र दूध दूध भए पो लेख्नु ।


Sunday, September 13, 2009

केही टुक्रा टाक्री हरु Part 3

काम उस्तै नाम मात्रै,फेरे देश बन्दैन हजुर !!
मुखले मात्रै संबिधान ,केरे देश बन्दैन हजुर !!
काला गए गोरा आए, आफ्नो स्वार्थ पुरा गरे,
मुकदर्शक बनी रमिता, हेरे देश बन्दैन हजुर !!
---------------------------------

गल्ती हुन्छ मानवबाटै, सुधारेर अघी बढौ !!
ठप्प बिकासका मार्ग, उघारेर अघी बढौ !!
जिन्दाबाद-मुर्दाबाद त्यागी सबै एक बनी-
फर्फराउने झन्डा हाम्रो, उचालेर अघी बढौ!!
---------------------------------

Saturday, September 12, 2009

केही टुक्रा टाक्री हरु Part 2!!

क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन !!
चस्स किन दुख्यो भनी मुटु छामी हेरे ,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

-----------------------------
एक्लै हिडी बिरानीमा, देश भेट्न सम्भव हुन्न !!
रक्तनदी जती बहाउ ,प्यास मेट्न सम्भव हुन्न!!
एक हातले ताली कतै बजेको सुनेका छौ तिम्ले,
दुई हात नभै सारङ्गिको, तार रेट्न सम्भव हुन्न!!

----------------------------------
हरा'को त्यो गाउँको बाटो खोजौ अब मिलीजुली !!
वैमनस्यता त्यागी भाईचारा रोजौ अब मिलिजुली !!
भर पर्यौ सधैं तिन्कै बदलामा बस धोका पायौ,
निमुखा भै कती बस्नु यहाँ सोचौ अब मिलिजुली!!

----------------------------------

केही टुक्रा टाक्री हरु Part 1!!

बाढी मेरो मनमा आउँदा, त्यो तन-मनमा हल्चल देखे !!
चुल्बुले त्यो चुरा कस्तो, हर छन्छनमा हल्चल देखे !!
कस्तो यो नाता हाम्रो, भेउ कुनै पाईन मैले ,
छुरा धस्दा यो मुटुमा, त्यो धड्कनमा हल्चल देखे !!

------------------------------------------

बन्धन सबै तोडी आउ डर किन मान्छेउ!!
प्रीतको बिउ गोडी आउ डर किन मान्छेउ!!
लक्ष्य हाम्रो एउटै रै'छ बाटो किन फरक,
पाइला यतै मोडी आउ डर किन मान्छेउ!!