Sunday, March 27, 2011

सर्जक मित्रहरु सावधान, कतै तपाईंको रचना चोरि भएको त छैन ?

अस्ती भर्खर फेसबूकमा करुण थापा दाइको स्टेटस देखें, "उहाँले अबदेखी फेसबूकमा रचनाहरु केही समयको लागि मात्र SHARE गर्नुहुने र पुराना सबै नोटहरु ब्लक गर्नुहुने भनेर" ! मित्रहरु   रबिन्द्र रिजाल दिनेशराज ज्ञवालीको साथै अनेक फेसबूक परिचित मित्रहरुको पीडा पनि उही थियो ।  हुन त मैले पनि पहिले नै चेतावनी पाएको हुँ , "रचनाहरु चोरि हुन सक्छन्, होसियार!" भनेर तर त्यतीबेला खासै ध्यान दिईएन । आज भने एउटा कौतुहलताले छोयो, मलाई पनि मेरा कतिवटा रचनाहरु चोरिएका रहेछन् भन्ने जान्न मन लाग्यो र GOOGLE दाईलाई सत्य तथ्य पत्ता लाउन आग्रह गरें ।

यसको लागि आफ्ना केही गजलहरुको एक मिसरा COPY गरेर GOOGLE मा SEARCH गरें ।
परिणामहरु यसप्रकार छन्:

१) समकालिन साहित्यका साथै मेरो आफ्नै ब्लगमा प्रकाशित  यो गजल, तिम्रो कसम  मिलन(प्रतिक्षा) थिङले दुई वटा ठाउँमा आफ्नो नाममा पोस्ट गरेको रहेछ ।
मेरो गजल हेर्न यहाँ क्लिक गर्नुहोला !

यही गजल समकालिन साहित्यमा हेर्न यहाँ क्लिक गर्नुहोला

तल देखाइएका फोटोहरु हेर्न निम्न लिन्कहरु पहिल्याउनुहोला !!

http://tamangchautari.ning.com/profiles/blogs/3244566:BlogPost:196494

http://gurungbhetghat.ning.com/profiles/blogs/5111225:BlogPost:8001




२)"के भयो र एउटा साथ" गजल जसमा केशव पौडेल दाइले संगीत पनि भर्नु भएको छ, YOUTUBE को भिडियो हेर्न
यहाँ क्लिक गर्नुहोला !

 A. नेपाली गजल डट कममा राममणि कोइरालाको(gjung koirala ) को नाममा प्रकाशित भएको रहेछ ।
http://nepaligazal.com/archive/all/2011/1/17


 B. अर्को ब्लगमा बिना श्रोत खुलाएर पोस्ट गरिएको छ !!! ब्लगर चै दुर्गा तामाङ हुनुपर्छ ।
http://talshachar.blogspot.com/2011/02/blog-post_4936.html



 C. बिजयकुश्मा ब्लगस्पटमा गोकर्ण पुडासैनिको नाममा यही गजल !
http://bijayakushma.blogspot.com/2011/01/blog-post.html

D. प्रिया थापाको नाममा यही गजल निम्न लिन्कमा
http://jokesdatabase.blogspot.com.au/2011/08/blog-post_335.html

E. मित्र  सबिन सिंह ,  दिनेश राज ज्ञवाली आदी लगायतको आग्रहमा यो ब्लगमा श्रोत खुलाईेयो । कमेन्टहरुबाट त्यो कुरा थाहा पाउन सक्नुहुनेछ ।
http://nepalipoem.blogspot.com.au/2011/05/blog-post_1975.html

F. उत्तम भन्ने महानुभावले यो गजल निम्न लिन्कमा पोस्ट गरेका रहेछन्
http://meropost.com/view/isphoto:0/post:4330506

G.पुनम भट्टको नाममा निम्न लिन्कमा यो गजल प्रकाशित रहेछ । स्मरण रहोस्, मेरा अरु गजलहरु पनि यही ब्लगमा रहेको कुरा तल उल्लेखित गरेको छु !
http://punambhatta.blogspot.com.au/p/ghazal-mania.html


३) मेरो अर्को गजल त्यो रात  जुन मेरै ब्लगमा र नेपाली गजल डट कम यहाँ क्लिक गर्नुहोला  मा पनि प्रकाशित छ,   कुवेत नेपाल डट कम मा आचार्य प्रभा को नाममा प्रकाशित रहेछ ।   यहाँ हेर्नुस् त !!

Note: फेसबूकमा, ब्लगमा र त्यही साईटमा प्रतिकृयाहरु दिएपछी सम्पादक मण्डलले प्राविधिक गडबडी भनेर माफि सहित सर्जकको नाम परिवर्तन गर्‍यो । यसले "आचार्य प्रभा" ज्यु र म मात्र हैन कि सम्पूर्ण पाठक जगतलाई दिग्भ्रमित बनायो । यदी असली सर्जकको अनुमती लिएर प्रकाशीत गरेको भए केही हुँदैन थियो होला । जस्को नाम(प्रभा आचार्य) लिएर त्यहाँ प्रकाशन गरिएको थियो, उहाँ नै त्यो बारेमा अनविज्ञ हुनुहुन्थ्यो । यसले गर्दा च्याउँ झै उम्रिएका नेपाली साईटहरुप्रतीको विश्वाशमा कमी ल्याएको छ ।

यही गजललाई निम्न ब्लगमा श्रोत नखुलाएर पोस्ट गरिएको छ ।
http://khajumprem.blogspot.com.au/2011/03/blog-post_6415.html

४) मेरा गजल आतुर छन् यी कानहरु   बर्सी दे न झरी , छुट्टीनु नै, छ भने नि र देउता खोज्न यता उती, भौतारिदै डुली हिंडें  लाई पुनम भट्ट को नाममा रहेको यो ब्लगमा श्रोत नखुलाएर पोस्ट गरिएको रहेछ । त्यहाँ अरु धेरै गजलहरु पनि राखिएका छन्, एकपल्ट हेर्नुस् है, तपाईंको गजल पनि पर्न सक्छ ।
http://punambhatta.blogspot.com.au/p/ghazal-mania.html


५) मेरो अर्को गजल  बर्सी दे न झरी लाई निम्न ब्लगहरुमा राखिएको रहेछ श्रोत नखुलाएर
http://raahar.blogspot.com.au/2011/09/blog-post_09.html

http://punambhatta.blogspot.com.au/p/ghazal.html



यी केही उदाहरणहरु मात्र हुन् भन्ने लागेको छ । कयन् सर्जकका रचनाहरु चोरिएका छन् र आफ्नो नाममा प्रकाशित गरिएका छन् । यसले गर्दा सर्जकहरुलाई आफ्नो रचना SHARE गर्न हिच्किचाहट मात्र नभएर लेखनदेखी नै बित्रिश्णा लाग्न सक्छ । आफ्नो आफ्नो ठाउँबाट सबैले यस्ता रचना चोरहरुलाई निरुत्साहित पार्नको लागि यसैगरी भण्डाफोर गर्न जरुरी छ ।

Friday, March 18, 2011

गजल - तीतामीठा कुरा !!


आऊ! सुनाउँछु म, भोगेका तीतामीठा कुरा । 
घाऊ खेपें कति, रोपिए तिनमै कति छुरा । 

भाग्यले साथ छोड्दा, कस्ले पो हेप्दैन रहेछ, 
टेक्न के खोजेथें, अग्लियो झनै त्यो चुचुरा ।

समथर हुँदा जीवन, धेरैले काँध थाप्न खोजे,
उकाली-ओरालीमा, तिनैले सुर्क्याए पाखुरा ।

सुल्टै सोचेको हुँ, नतिजा जहिल्यै उल्टो पाएँ,
उल्टै सोच्छु अब, सुल्टिने आश छन् मधुरा ।