Sunday, June 21, 2009

गजल -- तिम्रो याद !!

देखे जून आज फेरी तिम्रो रुपको झल्को आयो
याद सँगै बिताएका ति मधुर पलको आयो

फुलबारिमा फलेका छन फल मन लोभ्याउने
मानसपटमा तर मुहार त्यै मेरै फलको आयो

मिलन हुँदा खुशी हुने बिछोडको दु:ख अर्कै
हाम्लाई टाढा बनाउने खेद दैव छलको आयो

कस्तो थियो साथ तिम्रो रमाईला ति दिन थिए
जीवन यो उराठलाग्दो मन्मा आजकलको आयो

बिछोडको वेदनालाई रोएर नै टारेकी थ्यौ
सम्झना बिछोडिदा बहेका अश्रु भलको आयो

No comments: