जिन्दगी को गोरेटोमा अनायासै हराइ रहे
दु:खको बाटो रोजे हर्दम् सुख पर सराई रहे
कठीन पलमा साथ दिनु धर्म आफ्नो सम्झी
आफु डुबे अरु लाई खोला पारी तराइ रहे
मुर्खता थियो मेरो अरुको लागी राम्रो सोच्नु
अरुलाई माथि पार्न आफु लाई झराइ रहे
स्वार्थी यो दुनियाँमा भेटिन कोइ दु:ख पर्दा
आफन्तको नजरमा विडम्बना पराई रहे
निरासाको जिन्दगी जिउनु गार्हो हुंदो रै'छ
रित्तिएको मुटु पनि आसले नै भराइ रहे
No comments:
Post a Comment