Sunday, June 21, 2009

गजल -- आमाको मुख हेर्ने दिन बिशेष !!

गुम्सिएका मनका भाव, पोखेर यो गजल लेखें !
तिम्रो माया यो छातीमा, रोपेर यो गजल लेखें !

चाह छैन मन्दिर-मस्जिद, चहारेर बस्ने मलाई,
मेरी आमा तिम्रै पाउ, ढोगेर यो गजल लेखें !

मेरो लागि कति दु:ख सहेकी छौ मलाई था'छ,
के सकुँला ऋण तिर्न ? सोचेर यो गजल लेखें !

सम्झन्छु म पुराना दिन, रसाउँछन् यी आँखाहरु,
परेलिको डिलमा बाँध, बाँधेर यो गजल लेखें !

तिमी छैनौ ब्यर्थ छन् यी, दुनियाँका खुशी सारा,
तिम्रै नाम तिम्रै मन्त्र, जपेर यो गजल लेखें !

No comments: