Showing posts with label गजल दोहोरी. Show all posts
Showing posts with label गजल दोहोरी. Show all posts

Sunday, July 15, 2012

गजल सवाल जवाफ

सम्झनीमा आयो आज पाखा पर्वत हिउँ साथी !!
बिरानो यो माटोमा म कसोगरी जिउँ साथी !!

अचम्मको जिन्दगी यो,  नसुल्झिने रहस्य झै,
जस्तो जे छ त्यस्तै ठानी, त्यही रुपमा लिउँ साथी !!


कहाँ बाट कहाँ पुगेँ लेखनी नै त्यस्तो रै'छ,
भुलाउन यो पिडा हेर, लाग्छ अब पिउँ साथी !!


प्युँनु नै छ भने पनि पीडा प्युँन सिक्नु पर्छ,
आफु हाँसे न जग हाँस्छ, यत्ती सम्झिउँ साथी !!


जे जस्तो नै भए पनि, स्वदेश आखिर आमा रै'छ,
याद आउँदा टुक्र्यो मुटु, कसोरी म सिउँ साथी !!


नाउँ पायौ ठाउँ पायौ आफ्नो भन्ने गाउँ पायौ,
पाउनु जती पाई सक्यौ, अब केही दिउँ साथी !!


(प्रदीप चापागाई र जितेन्द्र मल्ल )
June 2009

Saturday, June 16, 2012

संयुक्त गजल -- फरक भयो


जब देखि तिम्रो मेरो, माटो फरक भयो ।
यस्तो लाग्यो सँगै हिंड्ने, बाटो फरक भयो ।

पखालिन्न जुनिभरी भनिकन मैले,
रगतले सिंगारेको टाटो फरक भयो ।

मुटु दिँदा मुटुले नै क्षति पुर्नु पर्थ्यो,
बदलामा झिर दियौ साटो फरक भयो ।

चोटहरु एकै हुन्छन, भ्रम थियो मलाइ,
नपुरिने चोटहरुको खाटो फरक भयो ।

तिम्रो काख न्यानो थियो, बस्न पाइएन
भतभति पोल्छ अन्त तातो फरक भयो ।

जितेन्द्र मल्ल, रवी आचार्य, कृष्ण प्रशाद पाण्डे, हिमाली किरण र झलक पौडेल !!
जुन २०१० मा रचिएको गजल !!

Thursday, August 12, 2010

गजल सवाल जवाफ

आशु शर्मा !!
--------------------------------------
मेरो माया यति टाढा किन देख्यौ भन
मुटु घोच्ने काडें शब्द किन लेख्यौ भन

छाती भित्र सजाको'छु फोटो तिम्रो भन्थ्थौ
त्यही फोटो आज फेरी किन फेक्यौ भन

नछुट्टीने बाचा खाई टाढा जानु रैछ
एक्लै हिड्थें मेरो बाटो किन छेक्यौ भन

माया गर्नु तिमीलाई गल्ती भयो कि त ?
भरोशामा यत्ति साह्रो किन टेक्यौ भन

तिमी बिना जिउनुको अर्थ छैन भन्थ्यौ

----------------------------------
जितेन्द्र मल्ल
-------------------------------------
दोश लाउँछ्यौ ऐले मलाई, पैले तर्किएर गयौ ।
आलो थियो मनको घाऊ, नुन छर्किएर गयौ ।

सजाएँथे तस्विर तिम्रो, मनको आँगनमा मेरो,
बहाइ लग्यौ झरी सँगै, जब दर्किएर गयौ ।

वाचा थियो साथै ज्युँने, खोजेँ निभाउन मैले,
दोबाटोमा आईपुग्दा, अन्तै लर्किएर गयौ ।

माया गर्छु भर पर, भन्दा झुटो मानी हिड्यौ,
आउँदै थिएँ तिमीतिरै, आँफै फर्किएर गयौ ।

टुट्यो नाता बह्यो 'आँशु', मुटु चस्कीरह्यो अझैं,
जोडीएको मुटुबाट, जब चर्किएर गयौ ।

Wednesday, May 26, 2010

संयुक्त गजल --- सुसजी ।

((सुरेश सविन जितेन्द्र === सुसजी। ))


कैले दिक्क कैले ठीक्क, जिन्दगीको चलन साथी । 
ठीक्क भए ठिकै ठान्ने, दिक्क हुँदा ऐठन साथी ।
दु:ख सुख यै हो रीत, बाँच्नै पर्छ यिनै सित,
अमृत नै निस्कन्छ रे, बिष गर्दा मन्थन साथी ।।
आफू माथि भरोसा नै, उपचार ठूलो यहाँ,
गर्छौ किन बेकारमै, खुशीको नै दहन साथी ।।

सम्झाउँ कती आफैँलाइ, आखिर यो मनै न हो,
जती खोज्छु सुल्झाउन, बढ्छ झनै उल्झन साथी ।
।ईच्छा गरे बाटाहरु, दैवले नै खोल्छन् अरे ,
कर्म गरे फल मिल्छ, सुनेको यै कथन साथी ।।
जिजीविषा तिम्रो हाम्रो पूरा गर्न यो जीवनको,
लागौ हामी गर्न आफ्नो जिम्मेवारी बहन साथी ।।

निराशाको बादल फाट्यो, आशा झुल्क्यो देखें कतै,
तोड्छु अब अधेरीँका, यिनै सबै बन्धन साथी ।
आशा ज्योति बाली राखे अधेँरी त हराउँछ नै ,
जग्मगाउँछ झलमल आफै तिम्रो जीवन साथी ।
डग्मगाए पाइला तिम्रा, काँध थाप्न सधैं भरी,
आउनेछु म तिम्रै लागि, यही मेरो वचन साथी 

Monday, May 17, 2010

गजल दोहोरी

((सविन ब्रो सित फेसबूकमा खेलिएको गजल दोहोरी । ))

जितेन्द्र :
शब्दकोशै रित्तियो कि? पर्नु पीर पर्‍यो साथी ।
यौटा गजल लेख्न पाए हुन्थ्यो होला कति जाती ।।

सविन सिंह:
तिमीलाई लेख्नलाई चाहिन्छ कि पिर वेथा ।
दिन्छिन् उन्ले, चढाउ भाई मैयालाई फूल पाती ।।

माया, प्रेम, पिडा, खुशी, सपना र विपना त्यो,
कुनैले नि नभए'सि हेर जून तारा राती ।।

जितेन्द्र :
ब्यथाको के कमी छ र? मुइँया भाकौ अब मैले,
उन्को साथ भन्दा बरु एक्लोपना रै'छ जाती ।

माया पिरिम् जून तारा सपनाका छाडौ कुरा,
खुशी के हो भुलिसकें, दुखिरन्छ देब्रे छाती ।

सविन सिंह:
पिडा हाम्रो एउटै हो, पिडा दिने मान्छे फरक।
तिम्रो दुखाई हेर्दा लाग्छ शायद् हो कि? जातै घाती ।।

जितेन्द्र :
माया भए अरु केही चाहिदैन कि त मित्र ?
खोक्नेहरु अझै खोक्छन् सबैभन्दा माया माथी ।

सविन सिंह:
चाहेकै हो चोखो माया, लिन दिन सबैले नै ।
अल्झिदिन्छन् सम्बन्धमा स्वार्थहरू नाना भाँती । 

Sunday, April 4, 2010

गजल दोहोरी (सुजि)

(सुरेश बोरोले तथानाम सुना'को र सालीको लोभ देखाएको स्थितिमा फुरेको गजल !!!)

हरेक तिम्रा शब्द मैले,सधै भरी सुनेकै छु !!
कसम मित्रताको दिगो,डोरो मैले उनेकै छु !!

बाटो बिराउँदा गाली, राम्रो काममा ताली देउ,
सच्चा साथी एक भनी,तिमी लाई चुनेकै छु

चाहे भनुँ 'फटाहा' या,हानौ शब्दबाण अरु,
मित्रताको मिठो कैदमा, तिमीलाई थुनेकै छु !!

खुशी मात्र होइन उस्ले, आँशु पनि बाडिदिन्छ,
असल मित्र चिनारी यै, मन मनै गुनेको छु !!

भाउजुलाई भन तिमी, बैनी चाँडै खोज भनी,
तिम्रै साली फकाउने, सपना नि बुनेकै छु !!
---------------------------------


सुरेश ब्रो को गजल !!!("जितेले आज फेरी गजल लेखन वाध्य बनायो")
---------------------------------
सुने तिम्रा गजल अनि सुने तिम्रा गाली पनि,
खेदो खन्छु साथी तिम्रो गजल बागको माली पनि !!!

कहिले मेरा शब्द बन्लान तिम्रा लागि अर्थ दिने,
कैले होलान "फटाहा" ती कहिले फूलको डाली पनि !!

सधै बखान मात्रै हैन, सुन्ने गर निन्दा पनि,
गाली मात्रै हैन साथी, दिन्छु म त ताली पनि !!

मित्रता नै नभएमा तिमी साथी कहाँ रह्यौ ,
साथिविना बेकार लाग्छ मन्दिर जाँदा थाली पनि !!

मान्छौ साथी मलाई भने सुन्नै पर्छ मेरा शब्द,
फकाउनलाइ सक्छौ भने दिउँला म त साली पनि !!!! ....साली त भए पो दिनु ?

संयुक्त गजल

तिम्रो लागि मेरो माया बेमौसमी फूल सरि !!
जानी जानी अन्जानमै गरिएको भुल सरि !!

मरुभुमी एकान्तमा,छट्पटिदा प्यासी बनी,
रसाएथ्यो हाम्रो माया,पानीको त्यो मुल सरि !!

काँध थापेँ संगै बाँच्न,सुख दु:ख साथ लिई,
बनायौ नि यही काँध,फड्को मार्ने पुल सरि !!

सपनाको महल मैले सजाएथे यो मुटुमा,
भत्काइदियौ साथ छोडि भयो त्यो काबुल सरि।।

स्थिर हुन जानिनौ नि सानी तिमी यो मायामा,
दिगो माया ढल्मलायो बतासिने तुल सरि !!

बग्छ भन्थे समय त, किन रुक्यो मेरै मात्र,
घरि घरि यही माया बिझाउँछ शूल सरि !!

मैले सम्झे हिरा मोती,स्वार्थी तिम्रो मायालाई,
चेते जब लत्याइदियौ पैतालाको धुल सरि !!

दैव तिम्रो खेला कस्तो के सोचेथे जिन्दगीमा,
टुट्यो 'आस्था'जब घोच्यो,मायाले त्रिशुल सरि!!
(सुरेश खतिवडा, दिनेश राज ज्ञवाली, सविन सिंह, प्रदीप चापागाईं, आस्था दाहाल, राज पन्त र म )

Saturday, February 13, 2010

फेसबूकमा गजल दोहोरी!!


------------------------------------------------------
आवाज शर्मा जी को गजल !!!
------------------------------------------------------

लौ न आजै आँटम् साइँला , लर्के जोवन साटम् साइँला ।
गाउँमा हल्ला चलिसक्यो , झट्टै डाँडा काटम् साइँला ।।

सैँ साथीले चियो गर्छन् , छिमेकीले आँखा तर्छन् ।
हैन भनी छैन भनी , अझै कति ढाँटम् साइँला ??

घरमा माग्नी आइसके , लगन् टुङ्गो लाइसके ।
आजै राती भाग्नु जाती , के बहाना छाँटम् साइँला ।।

भाले बास्दा बेँसी झरम् , झिसमिसे मैँ खोली तरम् ।
जुनी जुनी नचुँडिनी , पिरिम् डोरो बाटम् साइँला ।।
---------------------------------------------------
मेरो उत्तर !!!
---------------------------------------------------
क्षणभरको खुशी बोकी, जुनीभरलाई रुन्न साइँली ।
आफन्तको नाक जान्छ, ऐल्यै भाग्न हुन्न साइँली ।

गर्नेहरु चियो गरुन् , आरिसले चाहे मरुन् ,
माया हाम्रो पिजडाँमा, सक्ने छैनन् थुन्न साइँली ।

माया तिम्रो लाउँछ धेरै, जुनी जुनी तिमी मेरै,
भर पर त्याग डर, पराइले छुन्न साइँली ।

गर्छु कुरा बाबा सित, गाउँघरको थामी रीत,
भित्र्याउनेछु तिमीलाई, थाल माला उन्न साइँली ।

----------------------------------------------------
आवाज शर्मा !!!
----------------------------------------------------
उड्ने चरी , जालमा पारी, माया पिरिम् ,बाट्यौ साइँला ।
भर पर ,भन्यौ तर, एक्लै डाँडा काट्यौ साइँला ।

बाबा सितै , माग्न जान्छु , यो लगनमा , पक्कै लान्छु ।
पोहोर पनि , यसै भनी , गफै मात्रै , छाँट्यौ साइँला ।।

पराइघरको , नासो हो रे , छोरी गला ,पासो हो रे ।
देवी भाकी , सिन्दुर राखी , न भगाउनै , आँट्यौ साइँला ।।

बाजा बजाई , आउँछु भन्थ्यौ , डोली चढाई , ल्याउँछु भन्थ्यौ ।
माला गाँसी , हाँसी हाँसी , पर्खी बसेँ , ढाँट्यौ साइँला ।।
-------------------------------------------------------
जितेन्द्र मल्ल
--------------------------------------------------------
मागे हात, सगुन् साथ, बाबाले नै टारे साइँली ।
चोखो पिरिम्, ला'को थिईम्, पालुवामै मारे साइँली ।

धाक लाए धनको नै, कदर थे'न मनको क्यै,
तिम्रो पासो, मेरो नासो, भन्दा भन्दै हारें साइँली ।

तिमी भन्छ्यौ डाँडा काट्यो, बाचा गरी गरी ढाँट्यो,
धन् कमाउन, तिम्लाई पाउन, डेरा बिदेश् सारें साइँली ।

कसम् खाइ मालाको त्यै, भन्छु फेरी पनि म यै,
सके डोली, नत्र झोली, भाग्न तयार पारे साइँली ।



आवाज शर्मा
---------
बाजले चरी , दागेसरी , बाला जोवन , दाग्यौ साइँला ।
जुनी जुनी , नछुटिनी , बाचा कसम , नाघ्यौ साइँला ।।

कुर्दा कुर्दै , तिम्रो बाटो , मेरो उमेर , ढल्नै आँट्यो ।
मलाई ढाँटी , डाँडै काटी , एक्लै किन , भाग्यौ साइँला ??

पाले पुन्य , मारे पाप , सुम्पिदिन्थे , मेरो हात ।
घरमै आई , रीति पु-याई , भन कहिले , माग्यौ साइँला ??

बनिबुतो , मेला जान्थेँ , बरु आँटो , पीठै खान्थे ।
धन कमाउन , मलाई पाउन , किन विदेश , लाग्यौ साइँला

जितेन्द्र मल्ल !!!
-------------
कसम थियो बाबाको त्यो, मैले जुन् निभाएँ साइँली ।
थाम्नु रीत हाम्रै हित, भन के बिराएँ साइँली ।

सङ्गिनिको बिहे खान, गा'की थियौ तिमी जान,
त्यही रात सगुन साथ, तिम्रो घर धाएँ साइँली ।

हुनेखाने घरकी हौ, दु:ख गर्न के पो सक्छौ,
फूल सरी जुनी भरी, सोचें राख्न पाए साइँली ।

जोबन तिम्रो ढल्केला कि, चिन्ताले मन् सल्केला कि,
मन भारी माया मारी, पराइ देश आएँ साइँली ।

Tuesday, January 5, 2010

सुजी == सुरेश खतिवडा + जितेन्द्र मल्ल, को संयुक्त गजल!!!

क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन!!

चस्स किन दुख्यो भनी मुटु छामी हेरे ,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

बिहानीको झुल्कासँगै, झाँके यता उती,
आफन्तको झल्को दिने टाटो भेटिएन!!

नयाँ पिडा साह्रै दुख्ने, जाती पुराना नै,
छामी हेरेँ घाऊ उही खाटो भेटिएन !!

हेर्छु सधैं उही गल्ली, ब्यथा उस्तै उस्तै,
डेरा सार्न खोजे अन्तै साटो भेटिएन !!

Monday, July 27, 2009

फेसबूक दोहोरी !!

Pradeep Chapagain:
नआओस है भन्दा पनि फेरी साउने झरी आयो!!
अशुभ त्यो सन्देश बोकी रुँदै एउटा चरी आयो !!

Jitendra Malla
हुलाकी त्यो परेवा नै रक्तरन्जित देख्दा साथी,
एकादेशको शान्तीक्षेत्र याद घरी घरी आयो !!

Pradeep Chapagain
भाई भाई फुटी टुक्राएछन मेरो प्यारो देश,
देखेर त्यो दशा अनि आँशु गह भरी आयो !!

Jitendra Malla
भाई फुट्दा गवाँर लुट्छन सुनेको थे कतै,
हेर छिमेकीको सीमा घरभित्रै सरी आयो !!

Pradeep Chapagain
कस्तो थियो कस्तो भयो यही सोच्दा सोच्दै,
मन भित्र तानाबाना आज नाना थरी आयो !!

Jitendra Malla
हत्या अपहरण बन्द झनै बढेको छ सुने,
कुन पापिको श्राप हजुर यै देशमा परी आयो !!

Pradeep Chapagain
नेपाल आमा माया तिम्रो अगाध छ छातिभित्र,
झझल्को मा लालुपाते जाई सुनाखरी आयो !!

Jitendra Malla
कती ताक्नु अरुको मुख आँफै केही गर्नुपर्छ,
मुहार तिम्रो फेर्ने अठोट तिम्रै छोरो गरी आयो !!

फेसबूकको अर्को तेहेरी !!

Pradeep Chapagain :
एउटा फूल आँखा अघी मन चोर्दै आयो आज !!
भुल्छु भन्दा भन्दै पनि मीठो साईनो लायो आज !!

Jitendra Malla:
झझल्को त्यो कस्तो रैछ मनमस्तिस्क बरालिने,
कस्को मुहार मानसपटमा भन तिम्रो छायो आज !!

Pradeep Chapagain:
कस्तो कस्तो छाँया बनी नाचिदिन्छ वरिपरि,
तृस्णा मिठो यो मनले साथी नयाँ पायो आज !!

Ravi Acharya:
तिम्रो साथ चैत मासको वसन्तमा झैँ लाग्यो,
कुहु कुहु कोइली चरी रन बन गायो आज ।।

Jitendra Malla
कोइली गाउँदा शुवास छाउँदा आभाश छ उन्कै,
त्यै मुहारको कल्पनामा यो साथी रमायो आज!!

Pradeep Chapagain:
प्रकृति ले जिस्काउंछे छ्ट्पटी यो मेरो हेरी,
अनौठो त्यै तिर्सनाले भोक निन्द्रा खायो आज !!

Jitendra Malla:
भोक निन्द्रा भाग्यो भन्छौ कल्पनामै रमाउँछौ,
लाग्छ साथी तिमीलाई प्रेमरोग समायो आज!!

Pradeep Chapagain:
थाहा छैन रोग नै हो कि खै के पो हो साथि,
जे भएनी होस हवास सबै मेरो हरायो आज!!

Ravi Acharya:
प्रेम रोग को ओखती त पियारि नै खास रैछ,
तस्विर उन्को दिलमा टासी मलम लगायो आज ।।

Jitendra Malla:
सँगम उनै प्रियासँग उत्तम ओखती मेरो ठहर,
जस्को मुहार मन्मन्दिरमा तिमीले सजायो आज !!

Pradeep Chapagain:
लाख तपस्या गरिकन स्वप्नपरी सामु पाउँदा ,
बेहोसी ती सबै साथी दिलले मन परायो आज !!

Sunday, June 21, 2009

गजल दोहोरी !!

Jiten: घर नगिचैको बरको त्यो रुख ढलेको देखे
सपनिमा हिजो आफ्नै चिता जलेको देखे

Pradeep:किन यस्तो निरासाको भुमरिमा साथी तिमी
हतास भई आज तिमी आँफै भित्र गलेको देखे

Jiten: विरक्तिन्छु साथी म घरको त्यो स्थिती देखी
सुन्दर मेरो फुलबारिमा बिशालु फल फलेको देखे

Ravi: इमान् जमान् मरिसक्यो धर्म भ्रस्ट भएपछि
बेइमानीको त कालो बजार नै चलेको देखें ।।

Jiten: खोक्छन अझै देश जनताको लागि लड्दै छौ
राष्ट्रभक्तिको खोक्रो चन्दन तिनैले नै दलेको देखे

Pradeep: आफ्नै सन्तानले आगो लगाए विवशतामा रुन्छिन्
भित्र भित्रै नेपाल आमा डढेलो सरि बलेको देखेँ !

Jiten: चुनिनु अघी ठुला ठुला आश्वासन दिने यिनले
छेपारो झै रङ फेरी जनता अझै छलेको देखे

Ravi: स्वार्थ आफ्नो सोझ्याएर महल ठडाउन भ्याए,
रगतको भेल तेल सरी नेपालीलाई मलेको देखेँ !

Jiten: कुकुरको पुच्छर १२ बर्षमा नि बाङगै हुन्छ था'छ
अझै धुलो छर्न "जन सर्वोच्चता' ओकलेको देखे