Wednesday, March 28, 2018

अघाएको बेलामा

अघाएको बेलामा कसले रोटी सम्झिन्छ ?
भोको पेटले पो अन्न हरेक चोटि सम्झिन्छ ।

हरिया फाँट सालघारी देख्नै हुन्न कहीँ,
यो मनले तल्कोट सम्झिन्छ डोटी सम्झिन्छ ।

बिसेक नहुने यौटा रोग छ हरेक मान्छेमा,
आफू उच्च र अरू तल्लो कोटि सम्झिन्छ ।

हामी आफ्नै सम्झिन्छौं सत्तामा हुनेलाई,
छिमेकी नि उसलाई आफ्नै गोटी सम्झिन्छ ।

एक्लो ज्यान भन्दथ्यो, भट्टी ल्याएको छु,
हेर्नुछ पिउँदा पिउँदै, कति ओटी सम्झिन्छ ।