Sunday, June 21, 2009

गजल दोहोरी !!

Jiten: घर नगिचैको बरको त्यो रुख ढलेको देखे
सपनिमा हिजो आफ्नै चिता जलेको देखे

Pradeep:किन यस्तो निरासाको भुमरिमा साथी तिमी
हतास भई आज तिमी आँफै भित्र गलेको देखे

Jiten: विरक्तिन्छु साथी म घरको त्यो स्थिती देखी
सुन्दर मेरो फुलबारिमा बिशालु फल फलेको देखे

Ravi: इमान् जमान् मरिसक्यो धर्म भ्रस्ट भएपछि
बेइमानीको त कालो बजार नै चलेको देखें ।।

Jiten: खोक्छन अझै देश जनताको लागि लड्दै छौ
राष्ट्रभक्तिको खोक्रो चन्दन तिनैले नै दलेको देखे

Pradeep: आफ्नै सन्तानले आगो लगाए विवशतामा रुन्छिन्
भित्र भित्रै नेपाल आमा डढेलो सरि बलेको देखेँ !

Jiten: चुनिनु अघी ठुला ठुला आश्वासन दिने यिनले
छेपारो झै रङ फेरी जनता अझै छलेको देखे

Ravi: स्वार्थ आफ्नो सोझ्याएर महल ठडाउन भ्याए,
रगतको भेल तेल सरी नेपालीलाई मलेको देखेँ !

Jiten: कुकुरको पुच्छर १२ बर्षमा नि बाङगै हुन्छ था'छ
अझै धुलो छर्न "जन सर्वोच्चता' ओकलेको देखे

No comments: