Thursday, October 31, 2013

गजल -- फरक छ यार !!

देखाई र हेराईमा, फरक छ यार । 
सोचाई र भोगाईमा, फरक छ यार । 

तस्वीरमा मुस्कान, गजलमा उदासी?
अभिनय र लेखाईमा, फरक छ यार । 

स्वर्ग बनाउँछु भन्ने, धेरै आए गए,  
भनाई  र गराईमा, फरक छ यार । 

हाम्रा ख्वामितले त, जे गरे नि ठीक,
रटाई र बुझाईमा, फरक छ यार । 

छोड किताबी कुरा, सुख दु:ख बराबर,  
भगवानकै तौलाईमा , फरक छ यार ।