Monday, August 24, 2009

गजल--बुवाको मुख हेर्ने दिन बिशेष


जन्म दियौ प्यारी आमा, कर्म दियौ बाबा तिम्ले!!
सुख सुम्पी हामीलाई, दु:ख लियौ बाबा तिम्ले!!

गार्हो हुन्छ सुख लत्याई, सधैँ दु:ख अँगाल्नलाई,
पीडा भुली हाँसी हाँसी, आँशु पियौ बाबा तिम्ले!!

जिन्दगीको यात्रा सहज, बनाउन सन्ततिको,
फुल रोप्न बाटैभरी, नङ्ग्रा खियौ बाबा तिम्ले!!

ठुला ठुला सपना र,  आशाहरु सजाएर,
पहिल्याउनु सुमार्ग नै, भन्या' थियौ बाबा तिम्ले!!

सेवा गर्छु बाबा आमा, ऋणी भएँ युगौसम्म,
ज्युँनु जति यहाँ दुखी, जीवन जियौ बाबा तिम्ले!!



((आफ्नो सन्तानको खुशीको लागि दिनोरात खट्ने सम्पूर्ण मातापिताहरु प्रती समर्पित यो गजल !!!))

5 comments:

पोखरेली ठिटो said...

Tapai ko leakh 1damai ramero 6 teko lagi thankx

Unknown said...

very very heart touching poem.

Unknown said...

Hajur ko poem dherai ramro lagyo tayasko lagi bahut bahut thanks.

Unknown said...

Very very hartly tuching your poem goot luck and best of luck a head

Unknown said...

अनि मार्मिक