मनको ढोका खोलेको छु, आउने कोइ छ कि !!
जुगौ जुगको चोखो माया, लाउने कोइ छ कि !!
कती ज्युँनु विरहमा, यहाँ पीडा लुकाइ ,
सँगै मिली प्रितीका गीत, गाउने कोइ छ कि !!
वेदनाको सागर हो यो, दुई दिने चोला,
खुशी बनी यो जीवनमा, छाउने कोइ छ कि !!
बरालिन्छ यो मन सधैं, के के खोज्छ कुन्नी,
मेरो माया आफ्नो मनमा, सजाउने कोइ छ कि !!
दागबत्ती कुरिरा'को, चिता भयो जीवन,
अमृत छरी यही लाश, ब्युँताउने कोइ छ कि !!
