Sunday, June 21, 2009

गजल --- के पायौ ??

आफ्नै भाई निर्ममताले मारेर के पायौ
दु:खको भारी जनता माथि सारेर के पायौ

खुशी होलाउ आज तिमी सत्ताको मातमा
देखावटी खोक्रो जीत हारेर के पायौ

आश्वासन चर्का भाषण सत्ता पुग्ने सिढी थिय
बिकासको मार्ग पर सारेर के पायौ

भाईचारा भन्ने शब्द एकदेशमा सिमित रह्यो
भाई भाई बीचको नाता बारेर के पायौ

भन्थ्यौ तिमी यो देशलाई स्वर्गसरी बनाउनेछौ
स्वर्ग थियो नर्क तिम्ले पारेर के पायौ

शान्ती कैले आउँछ भनी अन्योलमा छ जीवन
संविधान लेखने मिती टारेर के पायौ

2 comments:

smita koirala said...

dai kasto ramro lekhnu hudo raicha. ..

Jitendra Malla said...

THANX SMITA......