Sunday, June 21, 2009

गजल -- कहाँ सक्छु ??

वैलिएको फूल हुँ म, सुवास कहाँ छर्न सक्छु ।
एकफेर त मरी सकें, फेरी कहाँ मर्न सक्छु ।

माया बिना रित्तिएको, धेरै भयो मेरो मुटु
महँगो रे सुने जब, सोचें कहाँ भर्न सक्छु

सुखमा त साथ दिने, साथी भेटें कति कति
जीवन तर दु:खसागर, एक्लै कहाँ तर्न सक्छु

छोटो जीवन लामो यात्रा, धेरै भोगें धेरै देखें
आत्मिय हुँ भन्छौ तिमी, भर कहाँ पर्न सक्छु

भयो अब चाहिदैन यो शहरको बसाईँ पुग्यो
क्षितिजपारी त्यो गाउँमा, डेरा कहाँ सर्न सक्छु ।


2 comments:

Unknown said...

good one Jeetu.. Just keep to make a sch type of felling on page & trying to publish one of Album.. is any help u ned from my end.. i m always wid u ...

Jitendra Malla said...

thanks a lot Bro!!!! Your love and support are my strengths!!!!