Monday, July 27, 2009

फेसबूक को रमाइलो गन्थन !!

Pradeep Chapagain:
सिमसिम पानी कान्छी नानी चुलबुले छ बानी उन्को!!
त्यै मुहारमा मन यो झुम्यो जानी नजानी उन्को !!

Satish Tripathi:
धेरै छन यो खेत गोड्ने,रोपहार चाहिदैन भन्छिन,
पछी लागेउ ब्यर्थै साथी कुरा नमानी उन्को !!

Jitendra Malla:
फूल हुन उनी भवरा त त्यसै पछी लाग्छन,
एउटा भवरा अरु थप्यो रुपकी खानि उन्को !!

Pradeep Chapagain
सर्लक्क जिउ आहा नागबेली केश राम्रो,
यो मुटुमा राज गरिन क्या छ जवानी उन्को !!

Satish Tripathi
सुनेकी छु अप्सरा हौ ,सौन्दर्यकी अपार खानि
बन्न चाहन्छु म पनि आँखाको नानी उन्को !

Jitendra Malla
रुपकी त धनी नै हुन मैले पनि मानेकै हुँ,
तर सुने ठीक छैन साथी आनी बानी उन्को !!

Pradeep Chapagain
सुनाएछ कस्ले तिम्लाई नभएको कुरा साथि,
मात्र माया गर्छिन मलाई मन सार्है दानी उन्को !!

Jitendra Malla
भ्रममा रैछौ साथी तिमी मायाजालमै पारीछिन्
सब्लाई था'छ बिगतको तितो कहानी उन्को !!

Ravi Acharya
प्रेममा हराइथिन ती नानी भला जानी नजानी,
साछि छन् आँशुले भिजेका ति सिरानि उन्को ।।

Satish Tripathi
सारा सपना धितो राखी उनैमा भर परेका छौ,
टुट्दा सपना झस्केलाउनी नाम सुन्दानी उन्को!!

Pradeep Chapagain
जसले जे सुनाएनी कान्छी नै मलाई प्यारो,
मेरै माया गोडमेल गर्नु खेती किसानी उन्को !!

Saturday, July 25, 2009

'नयाँ नेपाल' र 'गणतन्त्र'

निर्दोश जनको रक्तनदी,
बहन यदि रुक्दैन भने !
चुलिएको अपराधको शिर,
कानूनसामु झुक्दैन भने!
दुखी मेरा आफन्तको,
आँशु यदि सुक्दैन भने!

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

जनताबाटै चुनिएकाहरु.
कुर्सी मोहमा फस्छन् भने !
श्रीखण्डको आडमा पालीई,
बिशालु भई डस्छन् भने !
अघिल्तिर मिठो बोली,
पिठ्युमा छुरा धस्छन् भने !

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

हरेक साँझ कोइली वनमा,
विरह गीत गाउँछ भने !
हत्या, हिंसा, बन्द हड्ताल,
अझै प्रशय पाउँछ भने !!
अशान्तिको त्रास अझै,
हर धड्कनमा छाउँछ भने!

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

बिसंगती कुरितिले,
नेटो यदि काट्दैनन् भने !
जंगे पिल्लर वरै सर्दा,
बोल्न कोही आँट्दैनन् भने !
एउटै घरका दाजुभाई,
प्रेम सद्भाव साट्दैनन् भने!

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

तेरो मेरो हैन हाम्रो,
हर नेपाली सोच्दैन भने !
बिखन्डनमा डोरिंदा देश,
अखन्डता रोज्दैन भने !
विकास ठप्प देख्दा देख्दै,
विकल्प केइ खोज्दैन भने !

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!


मेची दुख्दा महाकाली,
सुसाएर रुन्न भने ।
हिमाल रुँदा तराई पहाड,
कसैको मन छुन्न भने ।
नेपालीको सन्तान भन्दा,
छाती ठुलो हुन्न भने ।

पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

म यो जाति तँ त्यो जाति,
मेरो साथी सोच्छ भने ।
टुक्रिएको नेपाल भित्र,
आफ्नो राज्य खोज्छ भने ।
भाईचाराको कुम्लो फाली,
दुश्मनिको भारी बोक्छ भने ।


पुरानोमै खुशी थिएँ,
'नयाँ नेपाल' चाहिदैन!
जन मर्म कुल्ची हिंड्ने,
'गणतन्त्र'चाहिदैन!!

एउटा भिन्न प्रयास !!

हरियो चुरा मिठो छुरा मुटुभित्र धस्ने को हौ !!
रातो सारी मन उघारी सुटुक्क लौ पस्ने को हौ !!


त्यसै सुन्दर तिमी सानी मिथ्या श्रिंगार किन,
सुन्को बाली ओठ्मा लाली लोभ्याउन घस्ने को हौ!!

थाहा छैन किन तिम्लाई मेरै गाउँ प्यारो लाग्यो,
रेशमी केश परीको देश छाडि यतै खस्ने को हौ !!


भेट्या थे'न आज सम्म मनमहल सजाउने कोइ,
रुपकी रानी प्रेमकी खानि यो दिलैमा बस्ने को हौ!!

उराठलाग्दो यो जीवनमा प्रेमिल मधुमास ल्याइ,
मुहार गोरो प्रितको डोरो 'जितु'सँग कस्ने को हौ!!

Sunday, July 12, 2009

तिम्रै नाममा !!!

केही लेख्न मन लाग्यो आज तिम्रो नाममा !!
खबर कस्ले पुर्याउला तिमी बस्ने ठाममा !!

भावना यी बाढी बनी उर्लिन्छन यो मनमा,
पोखेर ती मनका कुरा राखे बन्द खाममा!!

नशा यो कस्तो तिम्रो लठ्ठै बनायो मलाई,
भेटे छैन यस्तो मात मैले पिउने जाममा!!

तिमी पाए पुग्छ मलाई अरु केही चाहिदैन,
भाकेको छु तिम्रै नाम भेटे जती थाममा !!