Monday, July 27, 2009

फेसबूक को रमाइलो गन्थन !!

Pradeep Chapagain:
सिमसिम पानी कान्छी नानी चुलबुले छ बानी उन्को!!
त्यै मुहारमा मन यो झुम्यो जानी नजानी उन्को !!

Satish Tripathi:
धेरै छन यो खेत गोड्ने,रोपहार चाहिदैन भन्छिन,
पछी लागेउ ब्यर्थै साथी कुरा नमानी उन्को !!

Jitendra Malla:
फूल हुन उनी भवरा त त्यसै पछी लाग्छन,
एउटा भवरा अरु थप्यो रुपकी खानि उन्को !!

Pradeep Chapagain
सर्लक्क जिउ आहा नागबेली केश राम्रो,
यो मुटुमा राज गरिन क्या छ जवानी उन्को !!

Satish Tripathi
सुनेकी छु अप्सरा हौ ,सौन्दर्यकी अपार खानि
बन्न चाहन्छु म पनि आँखाको नानी उन्को !

Jitendra Malla
रुपकी त धनी नै हुन मैले पनि मानेकै हुँ,
तर सुने ठीक छैन साथी आनी बानी उन्को !!

Pradeep Chapagain
सुनाएछ कस्ले तिम्लाई नभएको कुरा साथि,
मात्र माया गर्छिन मलाई मन सार्है दानी उन्को !!

Jitendra Malla
भ्रममा रैछौ साथी तिमी मायाजालमै पारीछिन्
सब्लाई था'छ बिगतको तितो कहानी उन्को !!

Ravi Acharya
प्रेममा हराइथिन ती नानी भला जानी नजानी,
साछि छन् आँशुले भिजेका ति सिरानि उन्को ।।

Satish Tripathi
सारा सपना धितो राखी उनैमा भर परेका छौ,
टुट्दा सपना झस्केलाउनी नाम सुन्दानी उन्को!!

Pradeep Chapagain
जसले जे सुनाएनी कान्छी नै मलाई प्यारो,
मेरै माया गोडमेल गर्नु खेती किसानी उन्को !!

No comments: