Monday, July 27, 2009

फेसबूक दोहोरी !!

Pradeep Chapagain:
नआओस है भन्दा पनि फेरी साउने झरी आयो!!
अशुभ त्यो सन्देश बोकी रुँदै एउटा चरी आयो !!

Jitendra Malla
हुलाकी त्यो परेवा नै रक्तरन्जित देख्दा साथी,
एकादेशको शान्तीक्षेत्र याद घरी घरी आयो !!

Pradeep Chapagain
भाई भाई फुटी टुक्राएछन मेरो प्यारो देश,
देखेर त्यो दशा अनि आँशु गह भरी आयो !!

Jitendra Malla
भाई फुट्दा गवाँर लुट्छन सुनेको थे कतै,
हेर छिमेकीको सीमा घरभित्रै सरी आयो !!

Pradeep Chapagain
कस्तो थियो कस्तो भयो यही सोच्दा सोच्दै,
मन भित्र तानाबाना आज नाना थरी आयो !!

Jitendra Malla
हत्या अपहरण बन्द झनै बढेको छ सुने,
कुन पापिको श्राप हजुर यै देशमा परी आयो !!

Pradeep Chapagain
नेपाल आमा माया तिम्रो अगाध छ छातिभित्र,
झझल्को मा लालुपाते जाई सुनाखरी आयो !!

Jitendra Malla
कती ताक्नु अरुको मुख आँफै केही गर्नुपर्छ,
मुहार तिम्रो फेर्ने अठोट तिम्रै छोरो गरी आयो !!

2 comments:

prawash said...

तपाईंहरुको मीठो गजल दोहोरीले बडो रमाईलो पो भो त ! आँफू त्यसमाथि साहित्य पारखी । लेख्न नभुल्नुहोला ।

Jitendra Malla said...

धन्यवाद धेरै धेरै अनुज जि !! तपाईं पनि समावेस हुन सक्नुहुन्छ है हाम्रो यो गन्थनमा !!