Monday, July 27, 2009

फेसबूकको अर्को तेहेरी !!

Pradeep Chapagain :
एउटा फूल आँखा अघी मन चोर्दै आयो आज !!
भुल्छु भन्दा भन्दै पनि मीठो साईनो लायो आज !!

Jitendra Malla:
झझल्को त्यो कस्तो रैछ मनमस्तिस्क बरालिने,
कस्को मुहार मानसपटमा भन तिम्रो छायो आज !!

Pradeep Chapagain:
कस्तो कस्तो छाँया बनी नाचिदिन्छ वरिपरि,
तृस्णा मिठो यो मनले साथी नयाँ पायो आज !!

Ravi Acharya:
तिम्रो साथ चैत मासको वसन्तमा झैँ लाग्यो,
कुहु कुहु कोइली चरी रन बन गायो आज ।।

Jitendra Malla
कोइली गाउँदा शुवास छाउँदा आभाश छ उन्कै,
त्यै मुहारको कल्पनामा यो साथी रमायो आज!!

Pradeep Chapagain:
प्रकृति ले जिस्काउंछे छ्ट्पटी यो मेरो हेरी,
अनौठो त्यै तिर्सनाले भोक निन्द्रा खायो आज !!

Jitendra Malla:
भोक निन्द्रा भाग्यो भन्छौ कल्पनामै रमाउँछौ,
लाग्छ साथी तिमीलाई प्रेमरोग समायो आज!!

Pradeep Chapagain:
थाहा छैन रोग नै हो कि खै के पो हो साथि,
जे भएनी होस हवास सबै मेरो हरायो आज!!

Ravi Acharya:
प्रेम रोग को ओखती त पियारि नै खास रैछ,
तस्विर उन्को दिलमा टासी मलम लगायो आज ।।

Jitendra Malla:
सँगम उनै प्रियासँग उत्तम ओखती मेरो ठहर,
जस्को मुहार मन्मन्दिरमा तिमीले सजायो आज !!

Pradeep Chapagain:
लाख तपस्या गरिकन स्वप्नपरी सामु पाउँदा ,
बेहोसी ती सबै साथी दिलले मन परायो आज !!

No comments: