Sunday, July 12, 2009

तिम्रै नाममा !!!

केही लेख्न मन लाग्यो आज तिम्रो नाममा !!
खबर कस्ले पुर्याउला तिमी बस्ने ठाममा !!

भावना यी बाढी बनी उर्लिन्छन यो मनमा,
पोखेर ती मनका कुरा राखे बन्द खाममा!!

नशा यो कस्तो तिम्रो लठ्ठै बनायो मलाई,
भेटे छैन यस्तो मात मैले पिउने जाममा!!

तिमी पाए पुग्छ मलाई अरु केही चाहिदैन,
भाकेको छु तिम्रै नाम भेटे जती थाममा !!

7 comments:

Soniya said...

nice one hero...simple typical gaunle words...really beautiful....

Binod said...

continue........gud work.....

Jitendra Malla said...

thanx Soniya and Binod

Anonymous said...

ramro cha sabda haru

Jitendra said...

dhanyabaad Anonymous Ji..... naam pani sangai raakhidiye ali jaati hunthyo ki??... anyway dherai dherai dhanyabaad

Basanta said...

सुन्दर हरफहरु! प्रेमको अनुभूतिलाई राम्ररी बयान गरेका छन्।

अन्तिम शेरको "थाम" भन्ने शब्द अलि बुझिँन मैले। देबीथान, गणेशथान आदिको "थान" कै अर्थमा हो यो?

Jitendra Malla said...

धेरै धेरै धन्यवाद बसन्त जि !!
"थाम" भन्नाले देवी देउता कै "थान" को अर्को नाम हो !!