Thursday, September 23, 2021

कुनैलाई माछा

कुनैलाई माछा कुनैलाई चरा बनाइदिन्छिन् ।
छोरीले जे जे भेट्छिन्,  खेलौना बनाइदिन्छिन् ।

म शेर नबनेको झोंकमा बसिरहेको हुन्छु,
उनी आउँछिन् र मलाई घोडा बनाईदिन्छिन् ।

मेरा आँखामा टिलपिल आँशु देख्नै हुँदैन,
उनले आफ्ना आँखा ओभाना बनाइदिन्छिन् ।

उत्तरहरूको निर्माण सार्है सुन्दर लाग्छ,
जब उन्ले प्रश्नको कारखाना बनाइदिन्छिन् ।

त्यो मुस्कानमा के जादू भरिदिए ईश्वरले,
जब हाँस्छिन् पीडा मेरा टाढा बनाईदिन्छिन् ।

कसले भन्छ बालापन फेरि फर्केर आउँदैन ?
उनी मलाई घरि घरि बच्चा बनाईदिन्छिन् ।