Sunday, May 16, 2010

गजल - शेर मेरा

लेख्न खोजे गजल जब, भाग्न थाले शेर मेरा ।
नाना थरी भावहरु, माग्न थाले शेर मेरा ।

मतला र मकताको, ग्रह शायद् जुरेन कि,
यौटा पश्चिम् अर्को पुर्व, ताक्न थाले शेर मेरा ।

सकिन खै शब्द भर्न, खाली रहे मिसरा ती,
बिरुद्धमा आज मेरै, लाग्न थाले शेर मेरा ।

लय थाम्न खोजेकै हुँ, कता चुकें होश छैन,
अनिदोंमै आज फेरी, जाग्न थाले शेर मेरा ।

देशभक्ती, नशा, व्यथा, पच्दैन रे आजभोलि,
लाग्छ पृथक् स्वाद कुनै, चाख्न थाले शेर मेरा ।

No comments: