Tuesday, March 23, 2010

गीत --- अल्लारे माया !!!!


रिसले हो कि, लाजले हो, तर्की तर्की हेरी ।
हेर् न हेर् ओई, त्यो केटीले, फर्की फर्की हेरी ।

पैलो भेट्मै प्रेम मुना, पलायो कि क्या हो ?
प्रेमरोगले कोमल् मुटु, जलायो कि क्या हो ?
रिसाए झै गर्छन् अरे, माया गर्ने हरु ।
रिसमै माया छर्छन् अरे, माया छर्ने हरु ।

देखिस् कि त ? रिसाएर झर्की झर्की हेरी ।
अलि माया, मिसाएर फर्की फर्की हेरी ।

रिस भुलें माया सम्झें, माया जालमा परें ।
थाहै छैन यती चाँडो , यस्तो हालमा परें ।
खुल्दुली भो मन्मा धेरै, भन् न कसो गरौ ?
नाम् ठेगाना खोज् न केटा, उतै डेरा सरौ ।

ती नजरले कस्तो नशा, छर्की छर्की हेरी ।
लठ्ठै भएँ म त यार, फर्की फर्की हेरी ।