गोर्खालिको ठाडो शिर, झुक्छ र त देश दुख्छ ।
चराहरु गुँड छाडी, लागे पश्चिम्, या त खाडी,
श्रमको मुल त्यो भुमिको, सुक्छ र त देश दुख्छ ।
भाई भाई फुट्न खोज्दा,घर भाँड्ने बाटो रोज्दा,
छिमेकिले लुकी मौका, ढुक्छ र त देश दुख्छ ।
पेट काटी पालेकै हौँ, काम गर्ला ठानेकै हौँ,
काम छाडि नानाथरी, भुक्छ र त देश दुख्छ ।
हत्या लुट छायो यहाँ, जन कवच गयो कहाँ,
प्रशासन अझै पनि, चुक्छ र त देश दुख्छ ।
No comments:
Post a Comment