Thursday, October 22, 2009

गजल-- तिम्रो कसम!!!!!


टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम!!
फेरी तिम्रो मनको दैलो, टेक्ने छैन तिम्रो कसम!!

बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी,
देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम !!

भावनामा डुबाउला, बहकेला त्यो मन फेरि,
तिम्रो मुटु छुने गजल, लेख्ने छैन तिम्रो कसम!!

रोएको छ यो मन मेरो,तिम्रो पनि उस्तै होला,
आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम!!

खुशी चाहें दु:ख पाएँ, चेतिसकें अब मैले,
त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम !!

No comments: