Saturday, October 3, 2009

तिम्रो साथ याद आयो!!!!!!

ठेश लागि लड्न लाग्दा, तिम्रो साथ याद आयो !!
निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !!

दिन रात एकै सरी, याद साँची बिताएका ,
आफु सँगै रात जाग्दा, तिम्रो साथ याद आयो !!

साथ हुँदा सयौ कोश, लाग्थ्यो के नै हो र भनी,
दुई पाइलामै आज थाक्दा, तिम्रो साथ याद आयो !!

चन्चले यो मन पनि, बरालिन्छ त्यसै त्यसै ,
भावनाले सिमा नाघ्दा, तिम्रो साथ याद आयो !!

तिमी बिना यो जिन्दगी ,कसरी खै सोच्नु यहाँ,
औशिले नि जुन माग्दा, तिम्रो साथ याद आयो !!

No comments: