Monday, November 2, 2009

गजल-- आव्हान !!

बिकासको मुल अब फुट्नु पर्छ भन्छु म त !!
गाउँ शहर लेक बेशी जुट्नु पर्छ भन्छु म त !!

कती तोड्छौ भत्किएको घरलाई अझै तिमी,
बन्द हड्ताल पुग्यो अब छुट्नु पर्छ भन्छु म त !!

चुहिने त्यो घरको छानो टाल्नलाई मिलिजुली,
भाईचाराको गिटी पनि,कुट्नु पर्छ भन्छु म त!!

एकताको उदाहरण बनाउन यै देशलाई ,
अनेकताको बाँध अब,टुट्नु पर्छ भन्छु म त !!

राम्रो गरे साथ दिउँ, गलत गरे खबरदारी,
जागरुक भै अब सबै उठ्नु पर्छ भन्छु म त !!

No comments: