Thursday, February 21, 2013

गजल -- सुखी हुन्छौ विश्वाश गर

खोक्रो अहम् फ्याँकी देऊ, सुखी हुन्छौ विश्वाश गर !
मोह डाह  त्यागी  देऊ, सुखी हुन्छौ विश्वाश गर !

पल्टाई पल्टाई जिन्दगीको किताब हेर्ने हरु सुन,
केही पाना च्याती देऊ, सुखी हुन्छौ विश्वाश गर !

लुगालाई नाँङ्गा देऊ , भोजनलाई भोका देऊ,
कुवालाई प्यासी देऊ, सुखी हुन्छौ विश्वाश गर !

बर्सौ देखि मुर्छित् पीडित, आमाको त्यो मुहारमा,
अलि खुशी छ्यापी देऊ, सुखी हुन्छौ विश्वाश गर !

भत्काउनेलाई रोजी रोजी, घर बनाउने जिम्मा दियौ,
सक्छौ सच्चा ज्यामी देऊ, सुखी हुन्छौ विश्वाश गर  !




No comments: