Friday, March 18, 2011

गजल - तीतामीठा कुरा !!


आऊ! सुनाउँछु म, भोगेका तीतामीठा कुरा । 
घाऊ खेपें कति, रोपिए तिनमै कति छुरा । 

भाग्यले साथ छोड्दा, कस्ले पो हेप्दैन रहेछ, 
टेक्न के खोजेथें, अग्लियो झनै त्यो चुचुरा ।

समथर हुँदा जीवन, धेरैले काँध थाप्न खोजे,
उकाली-ओरालीमा, तिनैले सुर्क्याए पाखुरा ।

सुल्टै सोचेको हुँ, नतिजा जहिल्यै उल्टो पाएँ,
उल्टै सोच्छु अब, सुल्टिने आश छन् मधुरा । 

1 comment:

आश्मा said...

सुल्टै सोचेको हुँ, नतिजा जहिल्यै उल्टो पाएँ,
उल्टै सोच्छु अब, सुल्टिने आश छन् मधुरा ।

wah --