Sunday, February 13, 2011

गजल-- सपनिमै


धेरै पछि  देखें तिम्लाई, रोएँ सपनिमै !!
लाग्छ मेरा पाप सारा, धोएँ सपनिमै !!

बर्सौको यो प्यास मेरो, मेटें धन्य भएँ,
आमा तिम्रा कोमल पाउ, छोएँ सपनिमै !!

मनभित्रै बाँधेकोथेँ, पिडा आज सम्म,
तिम्रै सामु मनको गाँठो, फोएँ सपनिमै !!

तिमी जति मेरो मन, कस्ले पढ्न सक्ला ?
गुम्सिएका भाव मेरा, दोएँ सपनीमै !!


No comments: