Saturday, September 12, 2009

केही टुक्रा टाक्री हरु Part 2!!

क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन !!
चस्स किन दुख्यो भनी मुटु छामी हेरे ,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

-----------------------------
एक्लै हिडी बिरानीमा, देश भेट्न सम्भव हुन्न !!
रक्तनदी जती बहाउ ,प्यास मेट्न सम्भव हुन्न!!
एक हातले ताली कतै बजेको सुनेका छौ तिम्ले,
दुई हात नभै सारङ्गिको, तार रेट्न सम्भव हुन्न!!

----------------------------------
हरा'को त्यो गाउँको बाटो खोजौ अब मिलीजुली !!
वैमनस्यता त्यागी भाईचारा रोजौ अब मिलिजुली !!
भर पर्यौ सधैं तिन्कै बदलामा बस धोका पायौ,
निमुखा भै कती बस्नु यहाँ सोचौ अब मिलिजुली!!

----------------------------------

2 comments:

दिनेश राज said...

मल्ल जी , सबै टुक्रा टाक्रि नै राखि दिनु भएछ । तर राम्रा छन् फुर्सदमा समय मिलाएर सबै पूरा गर्नु भए राम्रो हुन्थ्यो कि ?

Jitendra Malla said...

धन्यवाद दिनेश जि !! मुक्तकिय रुप दिन खोजेको, मिल्यो कि मिलेन थाहा छैन !!