कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।
कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।
बढी मेहनती फेदमै छ, अर्को शिखरमा छ,
ऊ कमजोरी खोजीरह्यो, उसले सुधारिरह्यो ।
भाग्य नआएको हुँदै होईन, दैलो ढक्ढक्याउँदै,
अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।
कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ,
उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।
सामन्तीले मरिमेटी, सिलाएथ्यो टुक्रा टुक्रा
सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो ।
प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ,
दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो ।