हिमाललाई  पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी, बिस्फोट गराउनु छ
यो देशमा यौटा ज्वालामुखी, बिस्फोट गराउनु छ
बाटो बिराएका छन्,  केही आफन्तहरुले, 
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
केही गुनासा, केही प्रश्न,   कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
बेला बेलामा छिमेकिले  निहुँ खोजीरहन्छ ,
आफ्नै घर जलाएर, उसलाई तर्साउनु छ ।
आफ्नै घर जलाएर, उसलाई तर्साउनु छ ।
अरे यार जमाना  कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
.
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
.
 
 
 
No comments:
Post a Comment