मैले हिड्ने गोरेटोमा, पत्थर कति कति ।
छिर्के हान्ने तयारीमा, नजर कति कति ।
न बाबुको वात्सल्य छ, न आमाको माया,
म जस्तै छन् यो शहरमा, बेघर कति कति ।
दोष जति भाग्यलाई, सफल नहुनुको,
पाखुरीमा लाएको छ, जन्तर कति कति ।
जसो तसो उम्क्याएथें, उडुस् घरबाट,
आए फेरि पालो थाप्न , मच्छर कति कति ।
भोक, निन्द्रा, पीडा, वियोग, सपना, धोका,
माया यौटा तर यसका असर कति कति ।
No comments:
Post a Comment