मन जलाई, सगर माझ गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा ssss
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!
लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
बाधा आउँदा हर मोडमा, आँट दियौ भिड्न सिकें ।
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
आशुँको यो, सागर मा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा sss
मलाई बुझ्ने एउटा तिमी, मैले पुज्ने देउता तिमी ।
अधुरो भो जीवन मेरो, म छु यता कता तिमी ।
रिसायौ कि दैव मेरी, खाली देख्छु मन्दिर पनि ।
कस्लाई पोखौ मनको बह, उर्लदैछन् भेल बनी ।
तिमी पाउन, चढाइदिन्थे भेटी आँफैलाई ।
भन मलाई, कहाँ पाउँ अब तिमीलाई ।
आमा ssssssssssssssss
दुखें धेरै, नसताऊ, मलाई छोडि अन्तै नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !
जिन्दगीमा केही पलहरु यस्ता हुन्छन् जुन् धेरै पछी सम्म पनि यादगार रहन्छन् । ती पलहरुको स्मरण मात्रले पनि छुट्टै रोमान्चकता प्रदान गर्छ । आजभन्दा करिब एकबर्ष पहिले यस्तै एउटा दिन बितेको थियो जुन अहिले पनि मानसपटमा ताजा छ ।
नेपाली नयाँ बर्ष २०६७ लाई स्वागत गर्नको लागि एउटा ईभेन्ट आयोजना गर्नु पर्यो भनेर हामी केही साथीहरुले निर्णय गर्यौ र त्यही अनुरुप हामीले 'मुसन्धम ढाव क्रुज'मा जाने सहमती भयो । प्रचार प्रसार शुरु भयो फेसबूकबाट,साथै आफ्नो आफ्नो संपर्कमा रहेका साथीहरुलाई निम्तो दिदै अघी बढीयो ।
अप्रिल २३ को दिन, बिहान ८ बजे बर दुबइमा जम्मा भईयो र हिडियो यही बसमा !
डिब्बा पोर्टतिर जाने क्रममा केही साथीहरुलाई शारजाहको नेसनल पेन्टबाट पिक गरियो र लागियो रमाइलो दिन बिताउनको लागि । गाडी आफ्नै गतिमा हिड्दै थियो, करीब ३ घण्टाको बाटो कटाउने तरिका अन्ताक्षरी थियो ।
यही यात्राको क्रममा "फ्राइडे मार्केट" आईपुग्दा अन्ताक्षरीलाई एकछिन रोकियो र फोटो सेसनका साथै पोलेको मकै अनी केही फलफुलहरुको ब्यबस्था गरियो ।
फेरी यात्रा शुरु भयो हाम्रो र रमाइलो अन्ताक्षरी पनि, "मसाफी माउन्टैन" पुगुन्जेलसम्म जहाँका चट्टानी पर्वतहरुको सुन्दरता बखान गरिनसक्नुको छ । कता कता नेपालको झल्को दिने(नेपालमा चै हरिया पर्वतहरु बढी भेटिन्छन्)यी द्रिश्यहरु साँच्चै नै हेर्न लायक थिए ।
मसाफी माउन्टैनका सुन्दर द्रिश्यहरु मनमा सजाउँदै र नेपाल सम्झिदै फेरी हिडियो गन्तब्यतिर । UAE र ओमानको सिमामा ओमानी सैनिकको CHECKING पछी डिब्बा पोर्टतिर लाग्यौ । DHOW SHIP मालिक हाम्रो बाटो हेर्दै बसेका थिए र SHIP ले पनि नेपाली सवारी पर्खिरहेको थियो ।
शुरु भयो हाम्रो क्रुजको यात्रा । समुन्द्रका लहरहरुको मधुर संगीतलाई महशुश गर्दै अघि बढीयो । तर त्यो सँगीत मात्र हाम्रो यात्रा रोमान्चक बनाउन काफी थिएन, लागियो नेपाली संगीतको इन्तजाम गर्नतिर ।
चारैतिर समुन्द्रको नीलो पानी, रमणीय द्रिश्य, नेपाली मनहरुको जमघट अझ त्यसमाथी नेपाली गीतहरु घन्किन थालेपछी नेपाली मनलाई कस्ले थाम्न सक्ने ? शुरु भयो नाच्ने कार्यक्रम ।
यहाँ हेर्नुस् त, नाचका केही झलकहरु तल देखाईएको भिडियोमा पनि देख्न सक्नुहुन्छ ।
अरबी चियाको चुस्की लिदै सुन्दर द्रिश्यहरु नियाल्नु त्यो पनि समुन्द्रमाथी, आहा क्या मज्जा । फोटो लिएर सन्तुस्टी लिनेहरुको अर्कै जमात थियो ।
रमाइलो यात्रा अझै सकिएको थिएन, अब पालो थियो SWIMMING को । एउटा BEACH तिर शिप मोडियो । किनारसम्म लाने सानो BOAT पनि आयो । अलि अलि गर्मिले छोएका हामी SHIP बाटै DIVE हान्यौ निश्चल पानीमा । त्यो BEACH मा करिब एकघन्टा समय बिताउँदाका झलकहरु यहाँ देखाईएका छन् !!
यति धेरै कसरत पछी भोक लाग्नु स्वभाविकै हो । अब LUNCH तथा परिचयत्मक कार्यक्रमको पालो थियो । बहुमत इन्जिनियरहरुको रहेको थियो हाम्रो समुहमा । पेट पूजा गर्दाका केही झलकहरु यहाँ !!
पेट पूजा गरिसकेपछी फेरी अरबी चियाको चुस्की लिदै हामीहरु SHIP मा अघि बढ्यौ । फेरी नाच्ने कार्यक्रम शुरु भयो ।
अन्तिम समुह डान्स!!
करिब एक घण्टा पछी फेरी SWIMMING को लागि हामी तात्तियौ ।
दिन ढल्दै थियो र हामीले फर्किनु पनि थियो तर कस्लाई मन थियो र यती चाँडै त्यो रमाइलो यात्रा अन्त्य गर्न । तैपनी फेरी रमाइलो गर्दै हामी फर्कियौ डिब्बा पोर्ट तिरै । एउटा ओमानीहरुको समुह डिब्बातिर हुइँकिदै !
अन्त्यमा, डिब्बा पोर्टमा गरिएको फोटो सेसन यहाँ हेर्नुहोला हाम्रो समुहको ।
SHIP को पालो सकिसकेको थियो र अब गाडी चढ्ने पालो थियो र आफ्नो आफ्नो गुँडतिर फर्कने बेला भईसकेको थियो । केही थकित हामी फेरी अन्ताक्षरी खेल्दै फर्कियौ ।
त्यो दिन त बित्यो, सार्है नै रमाइलो बित्यो, तर त्यसपछिका २ महिना फेसबूकका भित्ताभरी फोटोहरु र भिडियोहरु अप्लोड गर्दै बिते । यती सजिलै यती रमाइलो EVENT कहाँ मानसपटबाट हट्थ्यो र ?? हैन र ??
यस्ता EVENT हरुले रमाइलो मात्र नभई आत्मियता पनि बढाउने हुँदा बेलाबखत आयोजना गरीईनु पर्छ । जदौ !!
(फोटो र भिडियो सौजन्य : मित्र खेमनाथ पौडेल )
अस्ती भर्खर फेसबूकमा करुण थापा दाइको स्टेटस देखें, "उहाँले अबदेखी फेसबूकमा रचनाहरु केही समयको लागि मात्र SHARE गर्नुहुने र पुराना सबै नोटहरु ब्लक गर्नुहुने भनेर" ! मित्रहरु रबिन्द्र रिजाल र दिनेशराज ज्ञवालीको साथै अनेक फेसबूक परिचित मित्रहरुको पीडा पनि उही थियो । हुन त मैले पनि पहिले नै चेतावनी पाएको हुँ , "रचनाहरु चोरि हुन सक्छन्, होसियार!" भनेर तर त्यतीबेला खासै ध्यान दिईएन । आज भने एउटा कौतुहलताले छोयो, मलाई पनि मेरा कतिवटा रचनाहरु चोरिएका रहेछन् भन्ने जान्न मन लाग्यो र GOOGLE दाईलाई सत्य तथ्य पत्ता लाउन आग्रह गरें ।
यसको लागि आफ्ना केही गजलहरुको एक मिसरा COPY गरेर GOOGLE मा SEARCH गरें ।
परिणामहरु यसप्रकार छन्:
१) समकालिन साहित्यका साथै मेरो आफ्नै ब्लगमा प्रकाशित यो गजल, तिम्रो कसम मिलन(प्रतिक्षा) थिङले दुई वटा ठाउँमा आफ्नो नाममा पोस्ट गरेको रहेछ । मेरो गजल हेर्न यहाँ क्लिक गर्नुहोला !
Note: फेसबूकमा, ब्लगमा र त्यही साईटमा प्रतिकृयाहरु दिएपछी सम्पादक मण्डलले प्राविधिक गडबडी भनेर माफि सहित सर्जकको नाम परिवर्तन गर्यो । यसले "आचार्य प्रभा" ज्यु र म मात्र हैन कि सम्पूर्ण पाठक जगतलाई दिग्भ्रमित बनायो । यदी असली सर्जकको अनुमती लिएर प्रकाशीत गरेको भए केही हुँदैन थियो होला । जस्को नाम(प्रभा आचार्य) लिएर त्यहाँ प्रकाशन गरिएको थियो, उहाँ नै त्यो बारेमा अनविज्ञ हुनुहुन्थ्यो । यसले गर्दा च्याउँ झै उम्रिएका नेपाली साईटहरुप्रतीको विश्वाशमा कमी ल्याएको छ ।
यी केही उदाहरणहरु मात्र हुन् भन्ने लागेको छ । कयन् सर्जकका रचनाहरु चोरिएका छन् र आफ्नो नाममा प्रकाशित गरिएका छन् । यसले गर्दा सर्जकहरुलाई आफ्नो रचना SHARE गर्न हिच्किचाहट मात्र नभएर लेखनदेखी नै बित्रिश्णा लाग्न सक्छ । आफ्नो आफ्नो ठाउँबाट सबैले यस्ता रचना चोरहरुलाई निरुत्साहित पार्नको लागि यसैगरी भण्डाफोर गर्न जरुरी छ ।