Monday, November 15, 2010

गजल--- सुटुक्क म भन्छु केही

सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने ।
साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने ।

लाखौं माझ मैले आज, तिमी छाने आफ्नै माने,
छैन कर आउ वर, आफ्नो मलाई ठान्छ्यौ भने ।

जस्तो पर्ला उस्तै टर्ला,  छोडी डर अघि सर,
आउने बाधा आधा आधा, सरोबरी धान्छ्यौ भने ।

हुन्न देख्या हुन्छ लेख्या, भन्ने भनुन् भन्दै गरुन्,
चढाइ डोली लान्छु भोली, भन यदी जान्छ्यौ भने ।

5 comments:

तुफान शान्त (जीबन श्रेष्ठ) said...

बबाल छ मिता !! :-)

Rabindra said...

दाम्मी गजल्यौ मित्र .... सहि छ ...

Pramila said...

जस्तो पर्ला उस्तै टर्ला, छोडी डर अघि सर,
आउने बाधा आधा आधा, सरोबरी धान्छ्यौ भने ।
nice one..keep it up....

Jitendra Malla said...

धन्यवाद मिता, रबिन्द्र ब्रो र प्रमिला जी

Pramila said...

Thank you too jitendra jee...
tapai ko sabai bhabanaaharu mitha,raamraa chhan..keep it up....