Tuesday, September 7, 2010

गजल -- मौन भएँ

नबोलेरै बोले सबै, म बोलेर मौन भएँ ।
खोल्नै पर्ने मनका कुरा, नखोलेर मौन भएँ ।

पिरतिको बाटो कठिन, भन्थे यहाँ भन्नेहरु,
भावनाको आधीँ चल्यो, छिचोलेर मौन भएँ ।

सफल हुन्थ्यो कथा हाम्रो, दुइटा मुटु यौटै भए,
उन्को माया यो मुटुमा, नघोलेर मौन भएँ ।

जोडीन् उन्ले मिठो नाता, खुशी थिएँ साथ पाई,
जाती थियो सपना नै, बिथोलेर मौन भएँ ।

3 comments:

Rabindra said...

पहिला 'देउ' 'देउ' भन्ने अनि मौन हुने ....हममम् । गजब छन् गजल मित्र ।

मञ्जरी said...

अनी बोल्नु पर्थ्यो त नि आफु झन कुरेर बस्या थे कहिले बोल्लान भनेर :))
गज्जब गजल निक्कै निक्कै मन पर्‍यो भने जानकारी सार्वजनिक गरिदिए परेको.....ब्यहोर्छ ...

Jitendra Malla said...

हा हा हा । धन्यवाद रबिन्द्र ब्रो :)
@सुमन : हम कुछ नही बोलेगा । अगर बोलेगा तो बोलोगे के बोलता है । :P तर जे होस्, मैले नि धन्यवाद टक्र्याएँ, परेको राजारामले ब्यहोर्छ ।