नसोध भो साथी, मेरो के खबर छ । हो तृष्णा नदीको, साथैमा बगर छ ।
एकातिर मेरा, यी रंगीन सपना, अर्कोतिर देख्छु, रंगहीन शहर छ ।
मरी जाने चोला, छोड लोभ लालच, कमाई विपुल धन, भन को अमर छ?
जहरै पिएर, आजसम्म बाँचे, जहरै पिएर, मरूँ यै रहर छ ।