"बाबु, तँ नेपाल आए पछि सँगै अस्पताल गएर चेक गराउँला नि हुन्न ?" कमाईको केही हिस्सा पैसा पठाएर उपचार गराउनुहोला भन्ने मेरो अनुरोधमा बिरामी आमाले त्यसो भनिन् । एक महिना पछि त छुट्टी मिलिहाल्छ नि भनेर मैले पनि 'हुन्छ' भनें ।
ओहो, दुई बर्ष भन्दा पनि बढी भएछ घरबाट टाढिएको । छुट्टीको दुई महिना परिवार, साथीहरुसित रमाइलो गरी मनाउँछु । आफन्त साथीभाइहरु सितको भेटघाटमै कति चाँडै बित्ने होला दुई महिना । यस्तै कुराहरु मनमा खेलाउँदै दिनहरु बिताउँदै थिएँ, तर अझै छुट्टीको मिती तोकिएको थिएन ।
छुट्टीको मिती पनि तोकियो, मेरो हर्शको सीमा नै रहेन ! खुशी होश या दु:ख पहिले सबैभन्दा मन मिल्नेलाई नै बाँडिन्छ । रमाएर आमालाई फोन गरें । फोन छिमेकी नातेदारले उठाइन्, मनमा चिसो पस्यो कारण घरको फोन प्राय: आमाले नै उठाउनुहुन्थ्यो । मैले आमासित कुरा गर्ने इक्षा राख्दा उनले रुँदै भनिन्, "तेरी आमा त हामीलाई छोडेर जानुभयो बाबु !!!"