यो देशमा यौटा ज्वालामुखी, बिस्फोट गराउनु छ
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
आफ्नै घर जलाएर, उसलाई तर्साउनु छ ।
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
.
हिमाललाई पहाड पहाडलाई, तराई बनाउनु छ ।
यो देशमा यौटा ज्वालामुखी, बिस्फोट गराउनु छ
बाटो बिराएका छन्, केही आफन्तहरुले,
साँझ नपर्दै उनीहरूलाई घर बोलाउनु छ ।
केही गुनासा, केही प्रश्न, कैद छन् खामभित्र,
के होला ईश्वरको ठेगाना? यौटा चिट्ठी पठाउनु छ
बेला बेलामा छिमेकिले निहुँ खोजीरहन्छ ,
आफ्नै घर जलाएर, उसलाई तर्साउनु छ ।
अरे यार जमाना कहाँबाट कहाँ पुगीसक्यो,
ऊ खुकुरी उद्ध्याउँदै भन्छ, देश जोगाउनु छ ।
मैले हिड्ने गोरेटोमा, पत्थर कति कति ।
छिर्के हान्ने तयारीमा, नजर कति कति ।
न बाबुको वात्सल्य छ, न आमाको माया,
म जस्तै छन् यो शहरमा, बेघर कति कति ।
दोष जति भाग्यलाई, सफल नहुनुको,
पाखुरीमा लाएको छ, जन्तर कति कति ।
जसो तसो उम्क्याएथें, उडुस् घरबाट,
आए फेरि पालो थाप्न , मच्छर कति कति ।
भोक, निन्द्रा, पीडा, वियोग, सपना, धोका,
माया यौटा तर यसका असर कति कति ।