Monday, April 4, 2011

समुन्द्रमाथी नेपाली साथी

जिन्दगीमा केही पलहरु यस्ता हुन्छन् जुन् धेरै पछी सम्म पनि यादगार रहन्छन् । ती पलहरुको स्मरण मात्रले पनि छुट्टै रोमान्चकता प्रदान गर्छ । आजभन्दा करिब एकबर्ष पहिले यस्तै एउटा दिन बितेको थियो जुन अहिले पनि मानसपटमा ताजा छ ।

नेपाली नयाँ बर्ष २०६७ लाई स्वागत गर्नको लागि एउटा ईभेन्ट आयोजना गर्नु पर्‍यो भनेर हामी केही साथीहरुले निर्णय गर्‍यौ र त्यही अनुरुप हामीले 'मुसन्धम ढाव क्रुज'मा जाने सहमती भयो । प्रचार प्रसार शुरु भयो फेसबूकबाट,साथै आफ्नो आफ्नो संपर्कमा रहेका साथीहरुलाई निम्तो दिदै अघी बढीयो ।

अप्रिल २३ को दिन, बिहान ८ बजे बर दुबइमा जम्मा भईयो र हिडियो यही बसमा !



डिब्बा पोर्टतिर जाने क्रममा केही साथीहरुलाई शारजाहको नेसनल पेन्टबाट पिक गरियो र लागियो रमाइलो दिन बिताउनको लागि । गाडी आफ्नै गतिमा हिड्दै थियो, करीब ३ घण्टाको बाटो कटाउने तरिका अन्ताक्षरी थियो ।

यही यात्राको क्रममा "फ्राइडे मार्केट" आईपुग्दा अन्ताक्षरीलाई एकछिन रोकियो र फोटो सेसनका साथै पोलेको मकै अनी केही फलफुलहरुको ब्यबस्था गरियो ।






फेरी यात्रा शुरु भयो हाम्रो र रमाइलो अन्ताक्षरी पनि, "मसाफी माउन्टैन" पुगुन्जेलसम्म जहाँका चट्टानी पर्वतहरुको सुन्दरता बखान गरिनसक्नुको छ । कता कता नेपालको झल्को दिने(नेपालमा चै हरिया पर्वतहरु बढी भेटिन्छन्)यी द्रिश्यहरु साँच्चै नै हेर्न लायक थिए ।





मसाफी माउन्टैनका सुन्दर द्रिश्यहरु मनमा सजाउँदै र नेपाल सम्झिदै फेरी हिडियो गन्तब्यतिर । UAE र ओमानको सिमामा ओमानी सैनिकको CHECKING पछी डिब्बा पोर्टतिर लाग्यौ । DHOW SHIP मालिक हाम्रो बाटो हेर्दै बसेका थिए र SHIP ले पनि नेपाली सवारी पर्खिरहेको थियो ।


शुरु भयो हाम्रो क्रुजको यात्रा । समुन्द्रका लहरहरुको मधुर संगीतलाई महशुश गर्दै अघि बढीयो । तर त्यो सँगीत मात्र हाम्रो यात्रा रोमान्चक बनाउन काफी थिएन, लागियो नेपाली संगीतको इन्तजाम गर्नतिर ।







चारैतिर समुन्द्रको नीलो पानी, रमणीय द्रिश्य, नेपाली मनहरुको जमघट अझ त्यसमाथी नेपाली गीतहरु घन्किन थालेपछी नेपाली मनलाई कस्ले थाम्न सक्ने ? शुरु भयो नाच्ने कार्यक्रम ।



यहाँ हेर्नुस् त, नाचका केही झलकहरु तल देखाईएको भिडियोमा पनि देख्न सक्नुहुन्छ ।



अरबी चियाको चुस्की लिदै सुन्दर द्रिश्यहरु नियाल्नु त्यो पनि समुन्द्रमाथी, आहा क्या मज्जा । फोटो लिएर सन्तुस्टी लिनेहरुको अर्कै जमात थियो ।
रमाइलो यात्रा अझै सकिएको थिएन, अब पालो थियो SWIMMING को । एउटा BEACH तिर शिप मोडियो । किनारसम्म लाने सानो BOAT पनि आयो । अलि अलि गर्मिले छोएका हामी SHIP बाटै DIVE हान्यौ निश्चल पानीमा । त्यो BEACH मा करिब एकघन्टा समय बिताउँदाका झलकहरु यहाँ देखाईएका छन् !!












यति धेरै कसरत पछी भोक लाग्नु स्वभाविकै हो । अब LUNCH तथा परिचयत्मक कार्यक्रमको पालो थियो । बहुमत इन्जिनियरहरुको रहेको थियो हाम्रो समुहमा । पेट पूजा गर्दाका केही झलकहरु यहाँ !!



पेट पूजा गरिसकेपछी फेरी अरबी चियाको चुस्की लिदै हामीहरु SHIP मा अघि बढ्यौ । फेरी नाच्ने कार्यक्रम शुरु भयो । अन्तिम समुह डान्स!! करिब एक घण्टा पछी फेरी SWIMMING को लागि हामी तात्तियौ ।


दिन ढल्दै थियो र हामीले फर्किनु पनि थियो तर कस्लाई मन थियो र यती चाँडै त्यो रमाइलो यात्रा अन्त्य गर्न । तैपनी फेरी रमाइलो गर्दै हामी फर्कियौ डिब्बा पोर्ट तिरै । एउटा ओमानीहरुको समुह डिब्बातिर हुइँकिदै !



अन्त्यमा, डिब्बा पोर्टमा गरिएको फोटो सेसन यहाँ हेर्नुहोला हाम्रो समुहको ।




SHIP को पालो सकिसकेको थियो र अब गाडी चढ्ने पालो थियो र आफ्नो आफ्नो गुँडतिर फर्कने बेला भईसकेको थियो । केही थकित हामी फेरी अन्ताक्षरी खेल्दै फर्कियौ ।

त्यो दिन त बित्यो, सार्‍है नै रमाइलो बित्यो, तर त्यसपछिका २ महिना फेसबूकका भित्ताभरी फोटोहरु र भिडियोहरु अप्लोड गर्दै बिते । यती सजिलै यती रमाइलो EVENT कहाँ मानसपटबाट हट्थ्यो र ?? हैन र ??

यस्ता EVENT हरुले रमाइलो मात्र नभई आत्मियता पनि बढाउने हुँदा बेलाबखत आयोजना गरीईनु पर्छ । जदौ !!
(फोटो र भिडियो सौजन्य : मित्र खेमनाथ पौडेल )